काठमाडौं- नेपालका लागि जेसिबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंकसँग सहमति गरेको छ। एमएडब्लू अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले जेसिबीको केन्द्रमा सधैं आफ्नो ग्राहक रहने बताए। ‘यो नयाँ सम्झौताले हाम्रा ग्राहकलाई सहज बनाउनुका साथै देश विकासमा पनि मद्दत पुर्याउनेमा विश्वस्त छौं,’ उनले भने, ‘हामी हेभी उपकरणको क्षेत्रमा विश्वासिलो ब्रान्ड हौं र त्यसैले त नेपालको अर्थमुभिङ तथा निर्माण उपकरणमा हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ।’
यो सहमतिले ग्राहकलाई सहज फाइनान्सिङमा सहयोग गर्ने विश्वास एमएडब्लू अर्थमुभर्सका भाइस प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले बताए। नेपालभर माछापुच्छ्रे बैंकका १६० वटा शाखाहरू छन्। यसले निर्माण कार्यमा संलग्न देशभरका ग्राहकलाई जेसिबीको फाइनान्सिङ गर्न सहज गर्ने उनले बताए। अहिलेसम्म एमएडब्लू अर्थमुभर्स ७ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरिसकेका अग्रवालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।