• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
#EXCLUSIVE

विप्लवका अर्थ विभाग प्रमुखले अदालतमै भेष बदलेपछि अर्कै मान्छे प्रहरी हिरासतमा

एक हप्तासम्म घटना गुपचुप, सिपाहीदेखि एसएसपीसम्मलाई स्पष्टीकरण
64x64
नारायण अधिकारी शुक्रबार, पुस ३, २०७७  २२:११
1140x725

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेकपाका आर्थिक विभाग प्रमुख प्रेमबहादुर दर्नाल (विकल्प) भनेर अर्कै व्यक्तिलाई प्रहरी हिरासतमा राखेपछि प्रहरीभित्र खैलाबैला मच्चिएको छ। अर्थ विभाग प्रमुख बनेर अर्कै मान्छे हिरासत पुगेपछि सिपाहीदेखि एसएसपीसम्मलाई प्रष्टीकरण सोधिएको छ। 

अर्थ विभाग प्रमुख दर्नालले अदालत परिसरमै भेष बदलेपछि प्रहरीले अर्कै मान्छेलाई पक्राउ गरेर हिरासत राखेको थियो। अर्थ विभाग प्रमुख भने प्रहरीको पञ्जाबाट फरार हुन सफल भएका छन्।

यो घटना कसरी भयो भन्नेबार प्रहरी प्रधान कार्यालय गम्भीर रुपमा लिएर छानबिन सुरु गरेको छ। दर्नाल कसरी उम्किए भन्नेबार महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्य, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारा थापालाई प्रष्टिकरण सोधिएको स्रोतले नेपाल लाइभलाई बतायो।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा महानगरीय प्रहरी कार्यालय (मेट्रो) उनीहरुसँग प्रष्टीकरण सोधिसकेको छ। तर प्रहरीले भने उक्त घटना गुपचुप राख्दै अर्थ विभाग प्रमुखकोे खोजीलाई तीव्र पारेको छ।

प्रहरी स्रोतका अनुसार उनको खोजी ३०/३५ जनाको विशेष टोली नै खटाइएको छ। दर्नाल उम्किएपछि अदालत परिसरमै राखिने सादा पोसाकका प्रहरीलाई परिर्वतन गरेर नयाँ टोली पठाइएको छ। पुरानो टोलीसँग सोधपुछ भइरहेको छ।

यसरी भएको थियो घटना
मंसिर ५ गते प्रहरीले विप्लव नेतृत्वको नेकपाका अर्थ विभाग प्रमुख प्रमुख प्रेमबहादुर दर्नाल (विकल्प) र अर्थ विभागकै अर्का सदस्य तथा जिल्ला सेक्रेटरी सञ्जीव नेपाली (सुवर्ण) बागडोलबाट पक्राउ गरेको थियो। आतंकवाद, अन्तरदेशीय अपराध तथा राजनैतिक र सशस्त्र समूहको गतिविधिको निगरानी गर्ने प्रहरीको विशेष ब्युरोको सक्रियतामा उनीहरू पक्राउ परेका थिए।

लामो समयको सुक्ष्म निगरानीबाट पक्राउ परेका विकल्प र सुवर्णलाई महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा अनुसन्धान गरेको थियो। अनुसन्धानपछि विप्लव नेकपाका आर्थिक (अर्थ) फाँटका महत्वपूर्ण दस्तावेजहरू प्रहरीले फेलासमेत पारेको थियो। 

उनीहरुमाथि प्रहरीले चन्दा ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान गरेको थियो। तर उनीहरुले भने आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

Ncell 2
Ncell 2

मंसिर २८ गते उनीहरुमाथिको रिटको सुनुवाई गर्दै सर्वोच्चले ललितपुर जिल्ला अदालतका स्रेस्तेदारको रोहवरमा हिरासत मुक्त गर्न आदेश दिएको थियो। त्यसपछि सर्वोच्च अदालतबाट ललितपुर प्रहरी टोलीले उनीहरु दुवै जनालाई प्रहरीकै गाडीमा राखेर ललितपुर जिल्ला अदालत पुर्‍याएको थियो।

सर्वोच्चको आदेशपछि स्रेस्तेदारले उनीहरुलाई छाडिदिन प्रहरीलाई निर्देशन दिएका थिए। त्यसपछि छुटेका दर्नाल र नेपाली अदालत परिसरमै बसेका थिए। सादा पोसाकको प्रहरी भने उनीहरु दुवैलाई पुनः पक्राउ गर्न अदालतको गेट अगाडि ढुकेर बसेको थियो। 

त्यसको केही समयमा दर्नाल र नेपाली अदालत परिसरबाट बाहिरका थिए। उनीहरु अदालतको गेटबाट बाहिर निस्कने बित्तिकै सादा पोसाकको प्रहरीले पुन उनीहरु दुवै जनालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर भक्तपुर पुर्‍याएको थियो। 

भक्तपुर प्रहरीको हिरासतमा पुर्‍याएका मध्ये एक व्यक्ति भने विप्लवका अर्थ विभाग प्रमुख थिएनन्। उनी थिए अर्थ विभाग प्रमुखकै सहोदर भाई प्रमेश दर्नाल। प्रमेशलाई प्रहरीले अर्थ विभाग प्रमुख भनेर पक्राउ गरेको थियो। तर उनी भने विप्लवको पार्टीका सदस्य नै थिएनन्। 

000

प्रहरी अनुसन्धानबाट दर्नाल दाजुभाइले जुक्ति निकालेर प्रहरीलाई छक्कयाएको पाइएको छ। अर्थ विभाग प्रमुख प्रेमबहादुर दर्नाल र उनका भाई प्रमेशको अनुहार मिल्छ। दाईलाई भेट्न ललितपुर अदालत परिसरमै पुगेका प्रमेशले फेरि पनि दाईलाई पक्राउबाट जोगाउन जुक्ति निकाले- कपडा चेन्ज गर्ने। 

त्यसपछि दाजु भाई नै बाथरुम गए। दाइको कपडा भाइले लगाए। भाइको कपडा दाइले लगाए। अनुहार दुवैको एउटै थियो। जिउडाल पनि उस्तै। कपडा परिवर्तन गरेको केहीबेरमा भाइ प्रमेश अदालत परिसरबाट बाहिरए।

‘अनुहार एउटै थियो। अदालतमा उपस्थित गराउँदाकै कपडा लगाएको छ। अर्थ विभाग प्रमुख नै भनेर प्रहरीले ती व्यक्तिलाई पक्राउ गर्‍यो र गाडीमा हाल्यो,’ स्रोतले भन्यो, ‘आखिर ती व्यक्ति थिए, अर्थ विभाग प्रमुख विकल्पका भाइ प्रमेश।’

प्रमेशले पनि प्रहरीले आफूलाई पक्राउ गर्दा केही भनेनन्। उनी सुरुसुरु प्रहरीसँगै। भोलिपल्ट अदालतमा म्याद थप गर्न लाने बेला प्रमेशले पक्राउको कारण खोजे। त्यसपछि खुल्यो वास्तविकता। आखिर प्रहरी अर्थविभाग प्रमुख भनेर हिरासत पुर्‍याएका व्यक्ति अर्थविभाग प्रमुखकै भाइ प्रमेश।

उता प्रहरीले भाईलाई पक्राउ गरेर गाडीको हालेर लगेको दृश्य अर्थ विभाग प्रमुख प्रेमबहादुर नियालिरहेका थिए। त्यसको केहीबेरमा उनी अदालत परिसरबाट निस्किएर भागे। अहिलेसम्म उनी पक्राउ पर्न सकेका छैनन्।

यसअघि पनि यस्तै घटना भएको थियो। २०७५ साउनमा मकवानपुरतर्फबाट काठमाडौं आउँदै गर्दा चोभारबाट खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउ पर्दा प्रेमबहादुरको व्यापक खोजी भएको थियो।

त्यसबेला प्रकाण्डको सेक्रेटरी भएर काम गरेका उनीसँग विप्लव नेकपाका आर्थिक हिसाबकिताबको दस्तावेज रहेको प्रहरीको बुझाइ थियो। त्यतिबेला पार्टी नेताले प्रयोग गर्दै आएको गाडीसहित उनका भाइ प्रमेश दर्नाल पक्राउ परेका थिए भने उनी भाग्न सफल भएका थिए।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  २२:११
  • #विकल्प
  • #प्रेमबहादुर_दर्नाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्