• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
#EXCLUSIVE

विप्लवका अर्थ विभाग प्रमुखले अदालतमै भेष बदलेपछि अर्कै मान्छे प्रहरी हिरासतमा

एक हप्तासम्म घटना गुपचुप, सिपाहीदेखि एसएसपीसम्मलाई स्पष्टीकरण
64x64
नारायण अधिकारी शुक्रबार, पुस ३, २०७७  २२:११
1140x725

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेकपाका आर्थिक विभाग प्रमुख प्रेमबहादुर दर्नाल (विकल्प) भनेर अर्कै व्यक्तिलाई प्रहरी हिरासतमा राखेपछि प्रहरीभित्र खैलाबैला मच्चिएको छ। अर्थ विभाग प्रमुख बनेर अर्कै मान्छे हिरासत पुगेपछि सिपाहीदेखि एसएसपीसम्मलाई प्रष्टीकरण सोधिएको छ। 

अर्थ विभाग प्रमुख दर्नालले अदालत परिसरमै भेष बदलेपछि प्रहरीले अर्कै मान्छेलाई पक्राउ गरेर हिरासत राखेको थियो। अर्थ विभाग प्रमुख भने प्रहरीको पञ्जाबाट फरार हुन सफल भएका छन्।

यो घटना कसरी भयो भन्नेबार प्रहरी प्रधान कार्यालय गम्भीर रुपमा लिएर छानबिन सुरु गरेको छ। दर्नाल कसरी उम्किए भन्नेबार महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्य, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारा थापालाई प्रष्टिकरण सोधिएको स्रोतले नेपाल लाइभलाई बतायो।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा महानगरीय प्रहरी कार्यालय (मेट्रो) उनीहरुसँग प्रष्टीकरण सोधिसकेको छ। तर प्रहरीले भने उक्त घटना गुपचुप राख्दै अर्थ विभाग प्रमुखकोे खोजीलाई तीव्र पारेको छ।

प्रहरी स्रोतका अनुसार उनको खोजी ३०/३५ जनाको विशेष टोली नै खटाइएको छ। दर्नाल उम्किएपछि अदालत परिसरमै राखिने सादा पोसाकका प्रहरीलाई परिर्वतन गरेर नयाँ टोली पठाइएको छ। पुरानो टोलीसँग सोधपुछ भइरहेको छ।

यसरी भएको थियो घटना
मंसिर ५ गते प्रहरीले विप्लव नेतृत्वको नेकपाका अर्थ विभाग प्रमुख प्रमुख प्रेमबहादुर दर्नाल (विकल्प) र अर्थ विभागकै अर्का सदस्य तथा जिल्ला सेक्रेटरी सञ्जीव नेपाली (सुवर्ण) बागडोलबाट पक्राउ गरेको थियो। आतंकवाद, अन्तरदेशीय अपराध तथा राजनैतिक र सशस्त्र समूहको गतिविधिको निगरानी गर्ने प्रहरीको विशेष ब्युरोको सक्रियतामा उनीहरू पक्राउ परेका थिए।

लामो समयको सुक्ष्म निगरानीबाट पक्राउ परेका विकल्प र सुवर्णलाई महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा अनुसन्धान गरेको थियो। अनुसन्धानपछि विप्लव नेकपाका आर्थिक (अर्थ) फाँटका महत्वपूर्ण दस्तावेजहरू प्रहरीले फेलासमेत पारेको थियो। 

उनीहरुमाथि प्रहरीले चन्दा ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान गरेको थियो। तर उनीहरुले भने आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

मंसिर २८ गते उनीहरुमाथिको रिटको सुनुवाई गर्दै सर्वोच्चले ललितपुर जिल्ला अदालतका स्रेस्तेदारको रोहवरमा हिरासत मुक्त गर्न आदेश दिएको थियो। त्यसपछि सर्वोच्च अदालतबाट ललितपुर प्रहरी टोलीले उनीहरु दुवै जनालाई प्रहरीकै गाडीमा राखेर ललितपुर जिल्ला अदालत पुर्‍याएको थियो।

सर्वोच्चको आदेशपछि स्रेस्तेदारले उनीहरुलाई छाडिदिन प्रहरीलाई निर्देशन दिएका थिए। त्यसपछि छुटेका दर्नाल र नेपाली अदालत परिसरमै बसेका थिए। सादा पोसाकको प्रहरी भने उनीहरु दुवैलाई पुनः पक्राउ गर्न अदालतको गेट अगाडि ढुकेर बसेको थियो। 

त्यसको केही समयमा दर्नाल र नेपाली अदालत परिसरबाट बाहिरका थिए। उनीहरु अदालतको गेटबाट बाहिर निस्कने बित्तिकै सादा पोसाकको प्रहरीले पुन उनीहरु दुवै जनालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर भक्तपुर पुर्‍याएको थियो। 

भक्तपुर प्रहरीको हिरासतमा पुर्‍याएका मध्ये एक व्यक्ति भने विप्लवका अर्थ विभाग प्रमुख थिएनन्। उनी थिए अर्थ विभाग प्रमुखकै सहोदर भाई प्रमेश दर्नाल। प्रमेशलाई प्रहरीले अर्थ विभाग प्रमुख भनेर पक्राउ गरेको थियो। तर उनी भने विप्लवको पार्टीका सदस्य नै थिएनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

000

प्रहरी अनुसन्धानबाट दर्नाल दाजुभाइले जुक्ति निकालेर प्रहरीलाई छक्कयाएको पाइएको छ। अर्थ विभाग प्रमुख प्रेमबहादुर दर्नाल र उनका भाई प्रमेशको अनुहार मिल्छ। दाईलाई भेट्न ललितपुर अदालत परिसरमै पुगेका प्रमेशले फेरि पनि दाईलाई पक्राउबाट जोगाउन जुक्ति निकाले- कपडा चेन्ज गर्ने। 

त्यसपछि दाजु भाई नै बाथरुम गए। दाइको कपडा भाइले लगाए। भाइको कपडा दाइले लगाए। अनुहार दुवैको एउटै थियो। जिउडाल पनि उस्तै। कपडा परिवर्तन गरेको केहीबेरमा भाइ प्रमेश अदालत परिसरबाट बाहिरए।

‘अनुहार एउटै थियो। अदालतमा उपस्थित गराउँदाकै कपडा लगाएको छ। अर्थ विभाग प्रमुख नै भनेर प्रहरीले ती व्यक्तिलाई पक्राउ गर्‍यो र गाडीमा हाल्यो,’ स्रोतले भन्यो, ‘आखिर ती व्यक्ति थिए, अर्थ विभाग प्रमुख विकल्पका भाइ प्रमेश।’

प्रमेशले पनि प्रहरीले आफूलाई पक्राउ गर्दा केही भनेनन्। उनी सुरुसुरु प्रहरीसँगै। भोलिपल्ट अदालतमा म्याद थप गर्न लाने बेला प्रमेशले पक्राउको कारण खोजे। त्यसपछि खुल्यो वास्तविकता। आखिर प्रहरी अर्थविभाग प्रमुख भनेर हिरासत पुर्‍याएका व्यक्ति अर्थविभाग प्रमुखकै भाइ प्रमेश।

उता प्रहरीले भाईलाई पक्राउ गरेर गाडीको हालेर लगेको दृश्य अर्थ विभाग प्रमुख प्रेमबहादुर नियालिरहेका थिए। त्यसको केहीबेरमा उनी अदालत परिसरबाट निस्किएर भागे। अहिलेसम्म उनी पक्राउ पर्न सकेका छैनन्।

यसअघि पनि यस्तै घटना भएको थियो। २०७५ साउनमा मकवानपुरतर्फबाट काठमाडौं आउँदै गर्दा चोभारबाट खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउ पर्दा प्रेमबहादुरको व्यापक खोजी भएको थियो।

त्यसबेला प्रकाण्डको सेक्रेटरी भएर काम गरेका उनीसँग विप्लव नेकपाका आर्थिक हिसाबकिताबको दस्तावेज रहेको प्रहरीको बुझाइ थियो। त्यतिबेला पार्टी नेताले प्रयोग गर्दै आएको गाडीसहित उनका भाइ प्रमेश दर्नाल पक्राउ परेका थिए भने उनी भाग्न सफल भएका थिए।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  २२:११
  • #विकल्प
  • #प्रेमबहादुर_दर्नाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्