काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाललाई भेटेका छन्।
उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएपछि पौडेल सत्तारुढ दलका अध्यक्ष प्रचण्ड र नेपाललाई भेट्न पुगेका थिए।
पौडेल निकट एक नेताले भेट भएको पुष्टि गर्दै समसामयिक विषयमा छलफल भएको बताए। सभापति शेरबहादुर देउवाप्रति प्रचण्ड र नेपालले आशंका व्यक्त गरेको समेत उनले सुनाए।
पार्टीभित्र आन्तरिक समस्या रहेको सुनाउँदै प्रचण्ड नेपाल समूहले देउवालाई सतर्क गराउन पौडेलको भूमिका खोजेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।