फाइल फोटो
काठमाडौं- उखु किसानहरुको आन्दोलनमा सर्मथन गर्न माइतीघर मण्डला पुगेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले शनिबारसम्म उखु किसानहरुको खातामा पैसा जम्मा नभए आइतबारदेखि उद्योगीहरुलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
किसानहरुको बीचमा पुगेर मन्त्री भट्टले किसानको भुक्तानीका लागि शनिबार पनि वाणिज्य बैंकहरुको शाखाहरु खुल्ला गर्ने जानकारी दिए।
‘भोलि शनिबार भए पनि वाणिज्य बैंकका शाखाहरु किसानको पैसा हाल्न खुल्ला हुनेछन्’, मन्त्री भट्टले भने, ‘यदि भोलिसम्म जम्मा भएन भने उद्योगहरुलाई पक्राउ गरेर थुनामा राख्छौं।’
किसानहरुले गत वर्ष पनि पैसा पाउने प्रतिबद्धतापछि आन्दोलन फिर्ता लिएका थिए। तर नपाएपछि उनीहरु यस वर्ष पनि माइतघर मण्डलामा आन्दोलनका लागि आएका हुन्। आफूले बिक्री गरेको उखुको मूल्यका लागि किसानहरु पटकपटक सडकमै आउनुपरेपछि सरकारको आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।