काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुट भेलाले अझै तीव्रता पाएको छ। शुक्रबारमा मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षले प्रदेश १ का अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएको छ।
पार्टीमा विवाद बढ्दै गएपछि प्रदेश १ का १४ जिल्लाका आफू पक्षका अध्यक्ष र सचिवलाई काठमाडौं बोलाइएको हो। प्रचण्ड– माधव समूहका एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रको गुटगत विभाजन तल्लो समूहसम्म पुगेको छ। हाम्रै समूहका मात्रै भेला होलान्।’
सो पक्षको भेला पार्टी कार्यालय पेरिसडाँडामा हुने छ।
सबै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुलाई क्रमशः काठमाडौं बोलाउने बताइएको छ। प्रदेश कमिटीले जिल्ला अध्यक्ष र सचिवलाई काठमाडौं भेलाको पत्र काटेका बताइएको छ।
पार्टी समूहले आफ्नो तर्फका भेला गर्ने क्रममा उच्चतम रुप जिल्ला अध्यक्ष र सचिवको भेला प्रचण्ड–माधव समूहले गर्न लागेको हो। पार्टी भित्रको आन्तरिक विवाद र अवस्थाका विषयमा जानकारी गराउन भेला डाकिएको बताइएको छ।
यसअघि दुवै गुटले विद्यार्थी भेला गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।