काठमाडौं- नोकिया फोनको घर, एचएमडी ग्लोबलले नयाँ स्मार्टफोन थपेको छ। सबैभन्दा कम लागतको नोकिया सी१ प्लस थ्रीजी र फोरजी नोकिया स्मार्टफोन थपेको हो।
नोकिया सी१ प्लसको साथ, फ्यानहरूले अन्तसम्म ऊर्जावान बनाउने सेल्फी र भिडियोहरू, एप र टेक्स्टहरू पप गर्दछ। त्यस्तै इमर्सिभ मनोरन्जनको क्रिस्प र क्लिन तीक्ष्ण सामग्रीको आनन्द लिन सकिने कम्पनीले उल्लेख गरेको छ। यो लामो समयसम्म टिकिरहने कम्पनीको दाबी छ।
यो फोनमा २५०० एमएएच ब्याट्री भएकाले दिनभर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
नोकिया सी१ प्लस मा ५.४५ इन्चको एचडी प्लस आइपिएस क्लियारिटी डिस्प्ले भएकाले एपहरू प्रयोग गर्दा, पढ्दा वा भिडियो हेर्दा सबै क्रिस्प र क्लिन हुने कम्पनीले उल्लेख गरेको छ। फ्रन्ट—फेसिंग फ्ल्यासले प्रज्ज्वलित सटहरू दिने र ५ एमपी रियर र फ्रन्ट क्यामेराले एचडिआर इमेजिंगद्वारा समर्थित यसले फोटो र भिडियोहरूलाई जीवन्त तुल्याउने कम्पनीले दाबी गरेको छ।
नोकिया सी १ प्लस १५ डिसेम्बरदेखि नेपालमा १जीबी+१६जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ। यसको मूल्य ८ हजार ३९९ रहेको कम्पनीले उल्लेख गरेको छ। यसको रंग ब्लू र रातो रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।