काठमाडौं- नेपाल टेलिकमले एफटिटिएच सेवाका ग्राहकका लागि एफटिटिएच–जाडोमा न्यानो अफर योजना ल्याएको छ।
अफर योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटिटिएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटिटिएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको टेलिकले जनाएको छ।
एफटिटिएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबिपिएस वा सोभन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबिपिएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नति गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डाटा उपलब्ध गराइने टेलिकमले जनाएको छ।
त्यसैगरी एफटिटिएच जडानका लागि आवश्यक सिपिई र एक सय मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ।
यसका लागि ग्राहकले एफटिटिएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ टेलिकमले जनाएको छ।
यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन पर्नेछ।
एफटिटिएच जडान भएपश्चात् सो नम्बरमार्फत स्टार १४१५ ह्यास डायल गरी प्राप्त निर्देशन बमोजिम प्रतिदिन ३०० एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिने टेलिकमले जनाएको छ। यो डाटा टुजी/थ्रीजी/फोरजी सबै नेटवर्कमा, २४सै घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिने टेलिकमले जनाएको छ।
मोबाइलमा एकपटक दैनिक निःशुल्क डाटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन ३०० एमबी डाटा स्वतः निःशुल्क उपलब्ध हुन्छ। संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न पर्नेछ।
हाल नयाँ एफटिटिएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिँदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्छ। यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएस लगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध हुने टेकिलमले जनाएको छ।
एफटिटिएच–जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपैयाँमा अत्यधिक सुविधा उपयोग गर्न पाउने टेकिलमको भनाइ छ।
यस अफरमा दैनिक ३ सय एमबिपिएस डाटा (प्रचलित मूल्य वार्षिक रुपमा १० हजारभन्दा बढी), निशुल्क पाइने सिपिई (प्रचलित मूल्य २ हजार ८ सय २५) र एकसय मिटर ड्रप फाइबर (प्रचलित मूल्य रु एक हजार) गरी कूल १३ हजारभन्दा बढी रकम बराबरको सहुलियत प्राप्त हुने टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।