• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

८३ जना सांसद्को हस्ताक्षरसँग किन डराए ओली?

ब्रिफिङ
64x64
किशोर दहाल बिहीबार, पुस २, २०७७  १५:३६
1140x725

काठमाडौं- बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई सांसदहरु भीम रावल र पम्फा भुसाल संसदको अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुगे। यद्यपि, उनीहरुको पत्र दर्ता भएन।

'जनताका माग, आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनु पर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात् संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) ऐन,२०६६ लाई संशोधन गर्न मन्त्रिपरिषद्‌बाट अध्यादेश सिफारिश गर्नुभई सो अध्यादेश जारी भएकोले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ', दर्ता नभएको पत्रमा उल्लेख छ।

रावलले दाबी गरे अनुसार उनीहरुसँग ८३ सांसदको हस्ताक्षर थियो। पार्टीको विवादमा एक पक्षमा रहेको सांसद संख्या पनि यसरी पहलोपटक सार्वजनिक भएको हो। यसअघि यस्ता संख्या अनौपचारिक तहमा मात्रै छलफलको विषय बन्थ्यो। 'संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न नेकपाका ८३ सांसदहरूको हस्ताक्षरसहित दिउँसो १२:४८ बजे आवेदन दिई दर्ताको माग गर्दा ६ घण्टा कुराइयो। यसो गर्नु लोकतान्त्रिक मान्यता विपरीत हो', रावलले बुधबार राति लेखेको ट्विटमा उल्लेख छ।

नेकपामा सांसदहरुको जोड घटाउ र हस्ताक्षर संकलन हुन थालेको महिनौं बितिसकेको छ। आवश्यक पर्दा तत्कालै प्रयोग गर्न सकिने प्रयोजनका लागि दुवै पक्ष (केपी ओली र पुष्पकमल दाहाल-माधव नेपाल) ले हस्ताक्षर तयार राखेका छन्।

बुधबार रावल र भुसालले राष्ट्रपति कार्यालयसम्म पुर्‍याएको हस्ताक्षर प्रतिनिधि सभामा रहेका नेकपाका सांसदहरुको हो। किनकि, संसद आह्वानका लागि प्रतिनिधि सभाका सदस्यले अनुरोध गर्न सक्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ (३) मा भनिएको छ- राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ। त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्ड-नेपालसँग हस्ताक्षर नै गरेका कम्तीमा ८३ सांसद रहेको प्रष्ट भएको छ। तर मन्त्रिपरिषद्का आफू पक्षका सदस्यहरु र कतिपय सांसदहरुको हस्ताक्षर त्यहाँ समावेश नभएको‍ सो पक्षको दाबी छ। मन्त्रिपरिषद्‌मै कम्तीमा ७ सदस्य प्रचण्ड-नेपाल पक्षका छन्। मन्त्रीहरु समेत जोड्दा सो पक्षमा कम्तीमा ९० सांसद पुग्छन्। थप केही सांसदहरुले पनि हस्ताक्षर गर्ने हो भने अरु केही संख्या पनि बढ्ने देखिन्छ। ओली पक्षले प्रतिनिधि सभामा आफ्नो पक्षमा ८० जना रहेको हिसाब निकाल्छन्। जसकारण प्रचण्ड-नेपाल पक्षमा थप केही सांसद रहेको देखिन्छ।

तर यो संख्या प्रतिनिधि सभाको मात्रै हो। नेकपा संसदीय दलमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैतर्फबाट सांसद समावेश हुने व्यवस्था विधानमा छ। प्रतिनिधिसभामा १७४ र राष्ट्रिय सभामा ५० गरी नेकपा संसदीय दलमा २२४ सदस्य छन्। यसरी हेर्दा संसदीय दलमा बहुमत पुर्‍याउन ११३ सदस्य चाहिन्छ।

राष्ट्रिय सभाका ५० मध्ये दुवै तर्फ २५/२५ जना रहेको बताइन्छ।

बहुमत अर्थात् ११३ सांसद पुर्‍याउन प्रचण्ड-नेपाललाई कठिन देखिँदैन। प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २५ गरी नेकपा संसदीय दलमा सो पक्षको मात्रै कम्तीमा ११५ सांसद पुग्छन्। परिस्थितिले सो पक्षलाई बलियो बनाउने देखायो भने कतिपय सांसदहरु सोही पक्षतिर उभिने सम्भावना पनि रहन्छ।

रावल र भुसाल पत्र बोकेर राष्ट्रपति कार्यालय पुगेपछि सो पक्षका केही सांसदसँग नेपाल लाइभले कुराकानी गरेको थियो। उनीहरुले आफूहरुले हस्ताक्षर गरेको त खुलाए। तर, त्यति सामान्य प्रयोजनका लागि भने नगरिएको प्रष्ट पारेका थिए। संसदीय दलमा ओली विरुद्ध बहुमत पुर्‍याउनुपर्ने अवस्था आएमा प्रयोग गर्नेगरी आफूहरुले हस्ताक्षर गरेको उनीहरुको आशय थियो। ओलीले यस विषयमा जानकारी नपाउने कुरै छैन।

आफूले आलोचना खेपेर ल्याएको अध्यादेश अनुसार एउटा पनि निर्णय नगरी २४ घण्टाभित्रै फिर्ता लिन प्रधानमन्त्री ओली तयार हुनुमा यही अंकगणितको बुझाइ थियो। उनी असहमत हुँदै अघि बढेको भए उनले आफ्नो पदको पनि तिलाञ्जली दिनुपर्ने अवस्था आउने थियो। अर्कोतिर कालान्तरमा राष्ट्रपतिले पनि पद गुमाउन सक्थिन्।

८३ सांसदको हस्ताक्षर सहितको पत्र तयार हुनु वा नहुनु संसद अधिवेशनको लागि खासै अर्थ छैन। किनकि, पुस १ गतेकै हिसाबले पनि अर्को १७ दिनभित्र त संसद अधिवेशन सुरु गर्नैपर्ने संवैधानिक बाध्यता छ। पत्र दर्ता भएको भए पनि राष्ट्रपतिले त्यही वरिपरिको मितिमा बैठक डाक्न सक्थिन्। स्वभाविक रुपमा बोलाइए पनि सांसदको पत्रका कारण बोलाइए पनि संसदमा हुने छलफल उसै पनि सरकारका निम्ति प्रतिकूल हुने नै थियो। तर, '८३ जना' सांसदको हस्ताक्षरले नै संसद बोलाउने अवस्था बन्यो भने प्रचण्ड-नेपाल पक्ष अझ अगाडि बढ्ने सम्भावना रहन्थ्यो। जसकारण राष्ट्रपति कार्यालयले पत्र दर्ता गर्न असहयोग गर्‍यो, ओली पनि पछि हटे।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्