• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

८३ जना सांसद्को हस्ताक्षरसँग किन डराए ओली?

ब्रिफिङ
64x64
किशोर दहाल बिहीबार, पुस २, २०७७  १५:३६
1140x725

काठमाडौं- बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई सांसदहरु भीम रावल र पम्फा भुसाल संसदको अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुगे। यद्यपि, उनीहरुको पत्र दर्ता भएन।

'जनताका माग, आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनु पर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात् संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) ऐन,२०६६ लाई संशोधन गर्न मन्त्रिपरिषद्‌बाट अध्यादेश सिफारिश गर्नुभई सो अध्यादेश जारी भएकोले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ', दर्ता नभएको पत्रमा उल्लेख छ।

रावलले दाबी गरे अनुसार उनीहरुसँग ८३ सांसदको हस्ताक्षर थियो। पार्टीको विवादमा एक पक्षमा रहेको सांसद संख्या पनि यसरी पहलोपटक सार्वजनिक भएको हो। यसअघि यस्ता संख्या अनौपचारिक तहमा मात्रै छलफलको विषय बन्थ्यो। 'संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न नेकपाका ८३ सांसदहरूको हस्ताक्षरसहित दिउँसो १२:४८ बजे आवेदन दिई दर्ताको माग गर्दा ६ घण्टा कुराइयो। यसो गर्नु लोकतान्त्रिक मान्यता विपरीत हो', रावलले बुधबार राति लेखेको ट्विटमा उल्लेख छ।

नेकपामा सांसदहरुको जोड घटाउ र हस्ताक्षर संकलन हुन थालेको महिनौं बितिसकेको छ। आवश्यक पर्दा तत्कालै प्रयोग गर्न सकिने प्रयोजनका लागि दुवै पक्ष (केपी ओली र पुष्पकमल दाहाल-माधव नेपाल) ले हस्ताक्षर तयार राखेका छन्।

बुधबार रावल र भुसालले राष्ट्रपति कार्यालयसम्म पुर्‍याएको हस्ताक्षर प्रतिनिधि सभामा रहेका नेकपाका सांसदहरुको हो। किनकि, संसद आह्वानका लागि प्रतिनिधि सभाका सदस्यले अनुरोध गर्न सक्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ (३) मा भनिएको छ- राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ। त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ।

Ncell 2
Ncell 2

प्रचण्ड-नेपालसँग हस्ताक्षर नै गरेका कम्तीमा ८३ सांसद रहेको प्रष्ट भएको छ। तर मन्त्रिपरिषद्का आफू पक्षका सदस्यहरु र कतिपय सांसदहरुको हस्ताक्षर त्यहाँ समावेश नभएको‍ सो पक्षको दाबी छ। मन्त्रिपरिषद्‌मै कम्तीमा ७ सदस्य प्रचण्ड-नेपाल पक्षका छन्। मन्त्रीहरु समेत जोड्दा सो पक्षमा कम्तीमा ९० सांसद पुग्छन्। थप केही सांसदहरुले पनि हस्ताक्षर गर्ने हो भने अरु केही संख्या पनि बढ्ने देखिन्छ। ओली पक्षले प्रतिनिधि सभामा आफ्नो पक्षमा ८० जना रहेको हिसाब निकाल्छन्। जसकारण प्रचण्ड-नेपाल पक्षमा थप केही सांसद रहेको देखिन्छ।

तर यो संख्या प्रतिनिधि सभाको मात्रै हो। नेकपा संसदीय दलमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैतर्फबाट सांसद समावेश हुने व्यवस्था विधानमा छ। प्रतिनिधिसभामा १७४ र राष्ट्रिय सभामा ५० गरी नेकपा संसदीय दलमा २२४ सदस्य छन्। यसरी हेर्दा संसदीय दलमा बहुमत पुर्‍याउन ११३ सदस्य चाहिन्छ।

राष्ट्रिय सभाका ५० मध्ये दुवै तर्फ २५/२५ जना रहेको बताइन्छ।

बहुमत अर्थात् ११३ सांसद पुर्‍याउन प्रचण्ड-नेपाललाई कठिन देखिँदैन। प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २५ गरी नेकपा संसदीय दलमा सो पक्षको मात्रै कम्तीमा ११५ सांसद पुग्छन्। परिस्थितिले सो पक्षलाई बलियो बनाउने देखायो भने कतिपय सांसदहरु सोही पक्षतिर उभिने सम्भावना पनि रहन्छ।

रावल र भुसाल पत्र बोकेर राष्ट्रपति कार्यालय पुगेपछि सो पक्षका केही सांसदसँग नेपाल लाइभले कुराकानी गरेको थियो। उनीहरुले आफूहरुले हस्ताक्षर गरेको त खुलाए। तर, त्यति सामान्य प्रयोजनका लागि भने नगरिएको प्रष्ट पारेका थिए। संसदीय दलमा ओली विरुद्ध बहुमत पुर्‍याउनुपर्ने अवस्था आएमा प्रयोग गर्नेगरी आफूहरुले हस्ताक्षर गरेको उनीहरुको आशय थियो। ओलीले यस विषयमा जानकारी नपाउने कुरै छैन।

आफूले आलोचना खेपेर ल्याएको अध्यादेश अनुसार एउटा पनि निर्णय नगरी २४ घण्टाभित्रै फिर्ता लिन प्रधानमन्त्री ओली तयार हुनुमा यही अंकगणितको बुझाइ थियो। उनी असहमत हुँदै अघि बढेको भए उनले आफ्नो पदको पनि तिलाञ्जली दिनुपर्ने अवस्था आउने थियो। अर्कोतिर कालान्तरमा राष्ट्रपतिले पनि पद गुमाउन सक्थिन्।

८३ सांसदको हस्ताक्षर सहितको पत्र तयार हुनु वा नहुनु संसद अधिवेशनको लागि खासै अर्थ छैन। किनकि, पुस १ गतेकै हिसाबले पनि अर्को १७ दिनभित्र त संसद अधिवेशन सुरु गर्नैपर्ने संवैधानिक बाध्यता छ। पत्र दर्ता भएको भए पनि राष्ट्रपतिले त्यही वरिपरिको मितिमा बैठक डाक्न सक्थिन्। स्वभाविक रुपमा बोलाइए पनि सांसदको पत्रका कारण बोलाइए पनि संसदमा हुने छलफल उसै पनि सरकारका निम्ति प्रतिकूल हुने नै थियो। तर, '८३ जना' सांसदको हस्ताक्षरले नै संसद बोलाउने अवस्था बन्यो भने प्रचण्ड-नेपाल पक्ष अझ अगाडि बढ्ने सम्भावना रहन्थ्यो। जसकारण राष्ट्रपति कार्यालयले पत्र दर्ता गर्न असहयोग गर्‍यो, ओली पनि पछि हटे।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्