काठमाडौं– सामसङले हालै आफ्नो एम सिरिजअन्तर्गत ग्यालेक्सी एम ५१ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। नेपालमै पहिलो पटक ७ हजार एमएएच ब्याट्रि रहेको एम५१ स्मार्ट फोन सार्वजनिक गरेको हो। यसमा ६.७ इन्चको डिस्प्ले रहेको छ। साथै सिङ्गल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामेरा रहेको छ।
‘हामी फोन प्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएका छौं। सदैव नयाँ कुराको प्रयोग गर्न रुचाउने हाम्रा जेन जि एवं मिलेनियलहरुलाई यस मोबाइल सेटमा आफूले खोजेको हरेक सुविधा प्राप्त हुनेछ। यसमा एम सिरिजमा रिडिफाइन फिचरहरु राखिएका छन्,’ सामसुङ नेपालका मोबाइल बिजनेस प्रमुख प्रणय रत्न स्थापितले भने।
यो फोनमा २५ वाटको चार्जर समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। उक्त चार्जरले ७ हजार एमएएचको ब्याट्री २ घण्टामा फूल चार्ज गर्न सक्छ।
एसमा दुईवटा मेमोरी राख्न सकिन्छ। ६/१२८ जिबी तथा ८/१२८ जिबीमा उपलब्ध रहेको यो फोन सेट दुई आकर्षक रंग–इलेक्ट्रिक ब्लु तथा सेलेस्टियल ब्ल्याकमा उपलब्ध रहेको छ। ६/१२८ जिबीको मुल्य ३९ हजार ९९९ तथा ८/१२८ जिबीको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो फोन नेपालभरका सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमा यही १५ डिसेम्बर २०२० देखि उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।