काठमाडौं-हिमालय मोटोराड कम्पनीले नयाँ इ-रिक्सा ल्याएको छ। केरला अटोमोबाइल्सले उत्पादन गरेको विद्युतीय अटोरिक्सा कम्पनीले आइतबार सार्वजनिक गरेको हो।
‘निम जी’ अटोरिक्सा एक पटक फूल चार्ज गर्दा १३० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ। केरला अटोमोबाइल्स लिमिटेडले बनाएको यो तीन पाँग्रे सवारी साधन हो। यो अटोको संचालन खर्च प्रतिकिलोमिटर ७५ पैसा मात्र रहेको कम्पनीले दाबी छ।
उक्त रिक्सामा रहेको ब्याट्रीमा ३ वर्ष वारेन्टी दिइएको छ। ३ घण्टा ५५ मिनेटमै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ। केरला अटोमोबाइल्स कम्पनीका प्रतिनिधि फिरोज खानले इलेक्ट्रिक अटोको ब्याट्रीमा ८ वर्षसम्मको वारेन्टी दिने बताएका छन्।
कार्यक्रममा हिमालय मोटोराडका अध्यक्ष ध्रुव थापाले उक्त सवारी साधन ३० डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्ने, नेपालको बाटो सुहाउँदो, उच्च गति ५० किलोमिटर प्रतिघण्टालगायत विषेशता रहेको उल्लेख गरे। कम्पनीले सो इ-रिक्साको मूल्य ८ लाख ४९ हजार रुपैयाँ तोकेको छ। यो मूल्य सीमित अवधिका लागिमात्र हुने कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।