काठमाडौं–कोभिड-१९ का कारण केही समय ठप्पजस्तै भएको निर्माणका कामले गति लिन थालेको छ। यससँगै निर्माण सामग्रीको मूल्य पनि बढेको छ। निर्माण सामग्रीको माग अनुसार उत्पादन नहुँदा र विश्व बजारमै कच्चा पदार्थको मूल्य बढेसँगै निर्माण सामग्रीको मूल्य बढेको व्यवसायीहरु बताउँछन्।
पिको बरदार कन्स्ट्रक्सन प्रालिका सञ्चालन विजय पटेलका अनुसार पछिल्लो एक महिनादेखि निर्माण सामग्रीको मूल्य बढेको हो।
२ महिना अगाडिसम्म प्रति क्युव फिट ८ रुपैयाँ रहेको गिट्टीको मूल्य अहिले बढेर ११ रुपैयाँसम्म पुगको छ।
यसैगरी बालुवाको मूल्यमा पनि प्रतिक्युब फिट ३ देखि ४ रुपैयाँसम्म बढेर ११देखि १२ रुपैयाँसम्म पुगको छ। केही समय अगाडि बालुवा प्रतिक्युब फिट ८ रुपैयाँ थियो।
यसैगरी, डन्डीको मूल्य पनि प्रतिकिलो ७२ रुपैयाँबाट बढेर सरदर ८२ रुपैयाँभन्दा बढी पुगेको छ।
साथै इँटाको मूल्य पनि अहिले बढेर प्रतिगोटा १६ रुपैयाँसम्म पुगेको छ। मूल्य बढनुभन्दा पहिले इँटाको मूल्य प्रतिगोटा १३ रुपैयाँको हाराहारीमा थियो।
पटेलका अनुसार सिमेन्टको मूल्य भने खासै बढेको छैन। सिमेन्ट अहिले बजारमा सरदर बोराको कम्पनी अनुसार ७ सय ७० रुपैयाँ देखि ८ सय २० रुपैयाँसम्म छ। निर्माण सामग्रीको मूल्यवृद्धिसँगै निर्माण क्षेत्रमा कोरोनाका कारण जनशक्ति अभाव हुन थालको पटेल बताउँछन्। निर्माण मजदूरको अभाव हुँदा लेवर शुल्क पनि बढेको छ। पहिले ५ सय रुपैयाँदेखि ७ सय रुपैयाँ रहेको लेवर शुल्क अहिले बढेर ७ सयदेखि ९ सय रुपैयाँसम्म पुगेको छ। जसका कारण भौतिक संरचना निर्माण समग्रमा १० देखि १५ प्रतिशतले महंगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।