काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेकपाका आर्थिक विभाग प्रमुख प्रेमबहादुर दर्नाल र जिल्ला सेक्रेटरी सन्जीव नेपाली छुटेलगत्तै पक्राउ परेका छन्।
गैरकानूनी रुपमा थुनामा राखेको भन्दै उनीहरुले दायर गरेका रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले उनीहरुलाई छाड्न आदेश दिएको थियो।
महानगरीय प्रहरी परिसर ललितपुरका डिएससपी सन्तोष तामाङले भने, ‘दुबैजनालाई ललितपुर जिल्ला अदालतका श्रेस्तेदारको रोहबरमा छाड्ने आदेश आएपछि छाडिएको हो।’ तर अदालतबाट छुटेलगत्तै उनीहरुलाई पुन पक्राउ गरी भक्तपुर लगिएको छ। प्रहरी स्रोतका अनुसार उनीहरुविरुद्ध भक्तपुरमा पनि उजुरी रहेकाले पक्राउ गरेर भक्तपुर पठाइएको हो।
मंसिर ५ गते ललितपुरको बागडोलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरु विप्लव नेकपाको आर्थिक फाँटको जिम्मा सम्हाल्ने गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।