काठमाडौं- जगदम्बा सिमेन्टले सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि सहयोग गरेको छ। 'होस्टे हैसे' नामक संस्थासँग सहकार्यमा जगदम्बाले छात्रवृत्ति प्रदान गरेको हो।
जगदम्बा सिमेन्टका तर्फबाट कम्पनीका सुनील खेतानले विद्यार्थीको शैक्षिक विकासका लागि खर्च गर्ने गरी चेक हस्तान्तरण गरेका थिए। कम्पनीका वरिष्ठ ब्रान्ड प्रबन्धक जगन्नाथ दाहालले कम्पनीले आगामी दिनहरुमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे।
यसअघि पनि जगदम्बा सिमेन्टले सद्भाव छात्रवृत्तिअन्तर्गत एक सय जनाभन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको थियो।
कम्पनीले नेपालमा पिएससी, पिपिसी र ओपिसी सिमेन्टहरू उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। जगदम्बा सिमेन्ट नेपाल २०१४, २०१५, २०१९ मा गुणस्तरद्वारा लेटर अफ एप्रिसिएसन पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।