काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले 'डिसेम्बर ब्लेजिङ एक्सचेन्ज' योजना ल्याउने भएको छ। मंसिर २६ र २७ गते (११ डिसेम्बरदेखि १२ डिसेम्बर, २०२०) थापाथलीस्थित टाटा मोटर्सको सोरुममा यो कार्यक्रम गर्न लागेको सिप्रदीले जानकारी दिएको छ।
टाटा मोटर्सको सोरुममा गएर कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, टियागो र टिगोरलगायतका कारहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने बताइएको छ।
कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, ५० हजारसम्मको एक्सचेन्ज बोनस, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकन र टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्परलगायतका विशेष आर्कषण रहेको कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।