काठमाडौं- वृज सिमेन्ट नेपाल स्टारको स्पोन्सर ब्राण्डले नेपाल स्टारका १० उत्कृष्ट प्रतियोगीहरुलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरी दश हजारका दरले नगद र ट्रफी प्रदान गर्ने भएको छ।
काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि.का प्रबन्ध निर्देशक श्री मनोज कुमार केडियाले सो कुरा बताएका हुन्।
नेपाल स्टार नेपालको आफनै गायन प्रतियोगिता हो जुन प्रतियोगिताको लागि नेपालभरीबाट अडिसन लिई गत वर्ष फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनबाट प्रशारण सुरू भएको हो। नेपाल स्टारको यो पहिलो सिजन हो। उक्त नगद पुरस्कार घोषणा कार्यक्रममा नेपाल स्टारका निर्णायक वरिष्ठ संगीतकार श्री आलोकश्रीका , वरिष्ठ गायक श्री रामकृष्ण ढकाल एवं वरिष्ठ गायिका अन्जु पन्तको उपस्थिति रहेको थियो भने नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ एवं कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रवन्ध निर्देशक रविन्द्र कुमार रिजाल समेतको उपस्थिति रहेको थियो।
पुरस्कार घोषण गर्दै कम्पनीका प्रवन्ध निर्देशक केडियाले भने, ‘वृज सिमेन्ट जहिलेपनि देशका हरेक विधाका ऊर्जाहरुलाई सहयोग र प्रेरणा गर्न तत्पर रहेको र नेपाल स्टारमा वृज सिमेन्ट पावर वाई स्पोन्सर खण्डमा रहेको र नेपाली कला, संस्कृति, गीत र संगीतलाई माथि उठाउन हातमा हात मिलाएर अगाडि बढ्न तयार छ।’
भोटको आधारमा प्रत्येक हप्ता एकजना प्रतिस्पर्धी बाहिरिने र उक्त मञ्चबाट कोही एकजनाले प्रत्येक हप्ता वृज सिमेन्टको तर्फबाट ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे घोषणा’ गरी १० हजार नगद र ट्रफी प्रदान गरिने भएको हो। यसले सम्पुर्ण कार्यक्रको शोभा बढाउनुको साथसाथै प्रतिभाको कदर समेत विशेष रुपमा हुने विश्वास आयोजकको छ।
कार्यक्रममा इण्डष्ट्रीजका प्रबन्ध निर्देशक मनोज केडिया, नेपाल स्टारका तीनजना निर्णायकहरू रामकृष्ण ढकाल,
आलोक श्री र अन्जु पन्त र अन्यको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।