काठमाडौं- अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ। उक्त अभियान २७ मंसिर मध्यरातदेखि ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म लागू हुनेछ।
१२.१२ मा दराज उपभोक्ताहरुले विशेष छूट्का साथ भाउचरहरू, र बैंक कार्डमार्फत् थप छूट्को लाभ उठाउन सक्नेछन्। यस अभियानको लागि, सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटिजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत (अधिकतम रु १२ सय १२) सम्मको छूट् पाउन सक्नेछन्।
यसबाहेक, उपभोक्ताहरुले ‘मेगा गिभअवे’ को रूपमा ६९ हजार ९९९ को नयाँ सामसुङ्ग ग्यालेक्सी एस-२० एफई जित्ने अवसर प्राप्त गर्नेछन्। सेलको उत्साहलाई निरन्तरता दिनको लागि, उपभोक्ताहरुले वान रुपी गेममा पनि भाग लिन सक्नेछन्‚ जहाँ उनीहरूले नयाँ मोटोरोला ई-प्लसलगायत अन्य उत्पादनहरु मात्र १ मा जित्न सक्नेछन्।
त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोला जी प्ले दराजमार्फत् लन्च गर्दैछ। उक्त फोनहरुमा इच्छुक खरीददारहरूले कार्डमार्फत् १२ प्रतिशतको अतिरिक्त छूट्का साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्नेछन्। १२.१२ मा दराजले नेपालमा बनेका सामानहरूलाई विशेष प्राथमिकता दिँदै उत्तम मूल्यमा उपलब्ध गराउँदैछ।
ग्राहकहरूले सलाना, भिर जिन्स, र जे फिशरजस्ता अन्य धेरै नेपाली ब्रान्ड र उत्पादनहरूमा राम्रो अफरहरू अपेक्षा गर्न सक्दछन्।
यससँग, दराजले स्थानीय सानो र मध्यम आकार का उद्यम (एसएमई) हरूलाई अझ बढावा दिने र उनीहरूलाई ११.११ मा गरेजस्तै देशभरका लाखौं ग्राहकहरूसँग जोड्ने विश्वास लिएको छ।
अभियानका लागि उत्साहित, दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्गले भने, ‘दराज ११.११ दराजका लागि मात्र नभई विशेष गरी साना आकारका उद्यमहरू र स्थानीय बिक्रेताहरुको लागि एकदमै सफल अभियान रहेको थियो। यस प्रकारको सेल अभियानहरूले स्थानीय विक्रेता र एसएमईलाई बढावा दिन राम्रो प्लेटफर्मको रूपमा काम गर्दछ र ग्राहकहरूलाई पनि सुरक्षित र उत्तम सपिंग अनुभव प्रदान गर्दछ। यति भन्दै हामी १२.१२ को साथ २०२० लाई सकारात्मक ढंग ले टुंग्याउने आशा गर्दछौं।’
कोभिड महामारीलाई ध्यानमा राख्दै कम्पनीले ग्राहक र स्टाफको सुरक्षा सुनिश्चित गर्नका लागि उत्तम स्वच्छता अभ्यासहरूको पनि निरन्तर अनुसरण गरिएको दराजले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।