काठमाडौं- ओप्पोले ‘ओ फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ। आफ्ना उपभोक्ताहरुका लागि ओप्पोले ‘ओ फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको हो।
डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिता जनाई उपभोक्ताले ओप्पोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। ‘ओ(फ्यान्स फेस्टिवल’ क्याम्पेन १० जनवरी २०२१ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।
‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानीयकरणमा विश्वास गर्दै आइरहेको कम्पनीले उल्लेख गरेको छ। ‘नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ। नेपालमा सुरुवाती दिनदेखि नै ब्राण्डप्रति उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता व्यक्त गर्ने सोचका साथ हामीले ‘ओ फ्यान्स फेस्टिवल’ एसएमएस उपहार योजनाको घोषणा गरेका हौं’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।
क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन्। एसएमएस मार्फत् हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिनेछ। भाग्यशाली विजेताले ओपोका तर्फबाट आकर्षक उपहार
जित्नेछन्।
विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरूमार्फत् गरिनेछ। क्याम्पेन अवधिभर, लक्की ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ। तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन्। डिसेम्बर १ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना डिसेम्बर १० जनवरी, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।