• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

काठमाडौका मुख्य सडकमा १७ करोड लगानीमा २ हजार आधुनिक बत्ति राखिँदै

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २५, २०७७  १६:३२
1140x725

काठमाडौं-  काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ। सडक बत्ति जडान गर्नेसम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा  बिहीबार मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालिमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको छ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्री नेम्बाङले संघीय राजधानी समेत रहेको काठमाडौं महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियान अन्तर्गत यो योजना अघि बढेको बताए।

‘संघीय राजधानी समेत रहेको काठमाडौं महानगरलाई व्यवस्थित ढंगले उज्यालो महानगर बनाउने अभियानलाई मूर्तरुप प्रदान गर्न काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच आज हस्ताक्षर भएको छ,’ मन्त्री नेम्बाङगले भने, ‘आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने गरी यो परियोजना सफल बनाउने गरी लाग्नुहोला।’

Ncell 2
Ncell 2

मन्त्री नेम्बाङले मन्त्रालय धुलोरहित, हिलोरहित काठमाडौं बनाउने अभियानमा यस अघिदेखि नै सक्रिय रहेको भन्दै महानगरपालिकाको पहलमा उज्यालो काठमाडौं महानगर बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको उनको भनाइ छ।  

काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे।

‘यातायात व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न सडक बत्ती व्यवस्थापन गर्न अपरिहार्य छ,’ उनले भने, ‘सहरी सौन्दर्य अभिवृद्धि गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा आधुनिक सडक बत्ति जडान गर्न उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्य शिघ्र शुरु गर्ने र आवश्यकता अनुसार निरन्तर विस्तार गर्दै आपसी समन्वय, सहकार्य र एकरुपता कायम गर्न काठमाडौं महानगरपालिका तयार छ।’

सहमतिपत्रमा काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ। त्यसैगरी चालु आवमा नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीको लागि आवश्यक रकम काठमाडौं महानगरपालिकाले उपलव्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ।

‘यस कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा  निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्ने। यस आयोजनाको निर्माण कार्य पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने,’ सहमतिपत्रमा भनिएको छ,’ सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने।’

सडक वत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडक वत्तीहरुको संम्भाव्य विस्तार स्थलहरुको पहिचान, अध्ययन गरी ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने, नयाँ सडक वत्तीहरुको जडान पश्चात जगेडा हुने सोलार प्यानल लगायत सामानहरुको जगेर्ना गर्दै  पुर्नप्रयोगको  व्यवस्था गर्र्ने लगायतका कुरा पनि सहमतिपत्रमा उल्लेख गरिएको छ।

सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका हुन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश
युवराज सफल पक्राउ
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार, माघ १३, २०८२
राष्ट्रिय सभामा संसदीय समितिका दुईवटा प्रतिवेदन प्रस्तुत मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्