एजेन्सी–बलिउड अभिनेता धर्मेन्द्र मंगलबार आफ्नो ८५ औं जन्मदिन मनाउँदैछन्। विश्वभरका उनका फ्यानहरुले सामाजिक सञ्जालमार्फत् उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन्।
यसैक्रममा उनका छोरा बबी देओलले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै पितालाई जन्मदिनको बधाई दिएका छन्। तस्बिरमा बबी धर्मेन्द्रको काखमा बसेर पितालाई चुम्बन गरिरहेका देखिन्छन्। दुवैले उस्तै खालको सर्ट पनि लगाएका छन्। तस्बिरसँगै बबीले लेखेका छन्–लभ यु पापा, ह्याप्पी बर्थडे।
तस्बिरलाई धर्मेन्द्रका फ्यानहरुले शेयर गरेका छन्।
बबी देओल हाल एक वेब सिरिजमा व्यस्त छन्। एमएक्स प्लेयरको यो चर्चित वेब सिरिजमा बबी देओलले एक ढोंगी बाबाको भूमिकामा अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।