काठमाडौं- सिप्रदीले पोखराको श्रीराम मोटरसाइकल वर्कसपलाई म्याक सर्ममा स्तरोन्नति गरेको छ। भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त परियोजनामा पोखराको राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाइकल वर्कसपलाई म्याक सर्भमा स्तरोन्नति गरेको हो।
म्याक सर्भको उद्घाटन भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण केसीले संयुक्त रुपमा गरेका हुन्।
म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन्। जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ हुनेछ। उक्त वर्कसपमा ग्राहकले कुनैपनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने छन्। यस वर्कसपले विभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउँदै आइरहेको छ।
म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा डिसेम्बर महिनाभर यस वर्कसपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।