काठमाडौं–अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदैछिन्। आज उनले धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गर्न लागेकी हुन्। उनले केही वर्षअघि अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेकी थिइन्। तर बिहे गरेको केही समयमै बिरामी परेका श्रेष्ठको उपचारका क्रममा निधन भएको थियो।
केही दिनअघि उनले सामाजिक सञ्जालमा ‘जीवनको दुःखद अध्याय बन्द गरेर खुसीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको’ उल्लेख गरेकी थिइन्।
उनले आज फेसबुकमार्फत् विजयेन्द्रसँगका केही तस्बिर सार्वजनिक गरेकी छिन्। ‘मेहन्दीको रंगहरुसँगै खेल्दैछु म, जीवनका नयाँ पानाहरुमा भुल्दैछु म’ भनेर उनले मेहन्दीसहितका तस्बिर सार्वजनिक गरेकी हुन्।












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।