• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विवाहको पूर्वसन्ध्यामा श्वेता खड्काले भनिन्–  श्वेताको आँखामा आँसु देखिनुपर्छ भन्ने सोच भएकालाई पोल्नेछ

64x64
नेपाल लाइभ आइतबार, मंसिर २१, २०७७  १५:३९
1140x725

काठमाडौं– अभिनेत्री श्वेता खड्काले आफ्नो जीवनको दुःखद् अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेको बताएकी छन्। विवाहको पूर्वसध्यामा उनले सामाजिक सञ्जाल फेसवुकमा आफ्ना मनका बह लेखेकी छन् । केही वर्षअघि उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी  थिइन्। तर विवाहको दुई दिनमै बिरामी परेका श्रेष्ठको उपचारका क्रममा निधन भएको थियो।

लामो समय पतिवियोगबाट गुज्रेकी उनले मंसिर २२ सोमबारमा  फेरि बिहे गर्दैछिन्। उनले धनगढीका विजयेन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन्। ‘म जीवनको दुःखद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ उनले बिहेको पूर्वसन्ध्यामा लेखेकी छन्, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन। अतीतका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्य सजाउने नवीन यात्रा थालनी गर्ने यो निर्णय लिनु म एक्लैका लागि सहज र सम्भव छँदै थिएन।’

आफ्ना परिवारका सदस्यको निरन्तर प्रयास, साथीसंगी, अग्रज र दिग्गज व्यक्तित्व लगायत शुभचिन्तकले दिएको हौसला, साहस र प्रोत्साहनकै कारण आफू यो निर्णय लिन सफल भएको उनले बताएकी छन्।

nimb
nimb
Ncell 2
Ncell 2

उनले प्रश्न गरेकी छिन्  – के यो पुरुष प्रधान समाजले मेरो यो निर्णय स्वीकार गर्ला र?  मलाई थाहा छ, श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ भन्ने सोच बोकेका दुई चार जना व्यक्तिहरूलाई मेरो यो निर्णयले पोल्नेछ।’ 

यस्तो छ श्वेताको स्टाटस
मः जीवनको नवीन यात्रामा।
जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुःख अनि हाँसो–रोदनका पललाई आत्मसात गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु।
जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे–जस्ता पीर, व्यथा, दुःख अनि कष्टसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरूलाई शब्दमा बयान गर्न पनि असमर्थ छु।
'अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुश्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडा केवल मलाई मात्र थाहा छ।
म देख्थेँ, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठूलाठूला पत्थर अनि आगोको ज्वाला छरपस्ट भएर छरिएका छन्।
मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ती काँडाहरूलाई पन्छाउनु पर्नेछ। पत्थरहरूलाई फुटाउनु पर्नेछ। अनि आगोको ज्वालाहरूलाई नाघ्नु पर्नेछ।
'के म यसो गर्न सकुँला र?’ आफैंसँग प्रश्न गर्थेँ। आफ्नै प्रश्नमा आफैंले उत्तर दिन्थेँ, कि हुत्ती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ।’
अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजेँ। अनि जिन्दगीका हरेक समस्याहरूसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ।

'एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म। मेरो यो एकल यात्राका बखतमा धेरैपटक लडेकी छु।
'अब उठ्नै सक्दिनँ कि’ भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ। महिनैपिच्छे करिब हप्ता दिनका लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ।
मनभित्र गाँठो परेर बसेका अव्यक्त वहहरूलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिँड्नुभन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरू व्यक्त गर्ने  कोसँग?
मैले साथीसंगतीहरूको भिडमा आँखा डुलाएर हेरेँ, तर मेरो पीडालाई महसुश गर्न सक्ने कोही देखिनँ। आफन्तको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरेँ। अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरुमा आफैं सम्हालिएँ अनि अनेकन समस्याहरूसँग एक्लै जुधिरहेँ।
'मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीले एउटा जीवन साथी खोज्नका लागि नसुझाएका पनि होइनन्। तर एकपटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निःस्वार्थी हातहरू पाइन्छ र?
फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगत जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र?
अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुसीको रङ भरिदिने कुनै दयालु मन पाइएला र? लौ, भनेको जस्तो निःस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे। अनि के यो पुरूष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्वीकार गर्ला र?’ म मेरा हितैषीलाई प्रश्न गर्थेँ।
आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु। मेरो अतीतलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु।
म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु।
त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन। अतीतका मीठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन।
तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि  साथीसंगतीहरू, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकले प्रदान गर्नुभएको हौसला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु। यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ ’के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र?’
मलाई थाहा छ ’श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुई चार(जना व्यक्तिहरूलाई मेरो यो निर्णयले पोल्नेछ।
श्रीमती स्वर्गीय भएको एक महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवा बहिनीले पूरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही व्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ।
तर मप्रति साहनुभूति राख्ने, मलाई सदैव खुसी देख्न चाहने अनि सधैं मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरूको आशीर्वाद, सद्भाव र सुभेक्षाले मप्रति रिस र इर्ष्याको सोच राख्ने दुई(चार जनाले स्वतः हार खानेछन्।
अतः कोरोना सन्त्रासका बीच जुरेको खुसीको माहौलमा मैले मेरा धेरै मित्रहरू, गन्यमान्य व्यक्तित्वहरू, संचारकर्मीहरू लगायत मेरा आफन्तहरू समेतलाई सामेल गराउन असमर्थ हुनेछु।
महामारीको यो माहौलमा सीमित व्यक्तिहरूलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरू गर्दै गर्दा तपाईंहरू सम्पूर्णले मलाई आशीर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु।

उही तपाईंकी छोरी,
श्वेता खड्का।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ]
सम्बन्धित सामग्री
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्