काठमाडौं- विभिन्न समयमा भन्सार छली गरेर नेपाल भित्रिएका तथा भन्सारले नियन्त्रणमा लिएका सवारी साधन अलपत्र परेका छन्। करोड रूपैयाँभन्दा महँगा गाडी र लाखौँ पर्ने मोटरसाइकल अलपत्र अवस्थामा पुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार त्यहाँमात्रै एक करोड रूपैयाँभन्दा धेरै मूल्य पर्ने टोयोटा फर्चुनर गाडी अलपत्र अवस्थामा छ। यो गाडीको हकदावी गर्न विमानस्थल कार्यालयले सार्वजनिक सूचनामार्फत् आव्हान गरेको छ।
त्यसैगरी हुन्डाईको भर्ना र सुजुकीको अल्टो कार पनि अलपत्र अवस्थामा रहेको विमानस्थल कार्यालयले जनाएको छ। फर्चुनर र भर्ना भारतीय नम्बर प्लेटका गाडी हुन् भने अल्टो नेपाली नम्बर प्लेट भएको कार हो।
रोयल इन्फिल्ड मोटरसाइकल पनि भन्सारमै अलपत्र अवस्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।