काठमाडौं- यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छन्। काठमाडौंको होटल पार्क भिलेजमा भएको प्रतियोगितामा अन्तिम २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठ यस वर्षको मिस नेपाल बन्न सफल भएकी हुन्।
सोही प्रतियोगितमा मिस नेपाल सुपरनेसनलको टाइटल सिमल कनौडियाले जितेकी थिइन्। यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि भने सन्ध्या शर्माले आफ्नो पोल्टामा पार्न सफल भइन्। मिस नेपाल अर्थको टाइटल सुप्रिया श्रेष्ठले जितेकी छन्।
हेडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताकी विजेता नम्रताले विस वर्ल्डमा प्रतिस्पर्धा गर्न पाउने भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।