• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

सामाजिक सुरक्षा कोषले घर खरिद गर्न ७५ लाख र विवाहका लागि ५ लाख सापटी दिने 

 उच्च शिक्षाका लागि ३५ लाख दिने
64x64
निर्मला घिमिरे शुक्रबार, मंसिर १९, २०७७  १३:२३
1140x725

काठमाडौं–योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुका लागि विभिन्न ४ किसिमका सापटी सुविधाहरु अघि सारेको छ। मंसिर १० गतेको  मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ स्वीकृत गरेसँगै योगदानकर्ताले यस्तो सुविधा पाउने भएका हुन्। 

कार्यविधिमा व्यवस्था भएअनुसार योगदानकर्ताले योगदानकर्ताको विशेष सापटी, घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य शीर्षकमा सापटी लिन सक्नेछन्। 

योगदानकर्ता सापटी कुल लगानीको १५ प्रतिशतसम्म पाइने व्यवस्था गरिएको छ। योगदानकर्ता विशेष सापटी योगदानकर्ताको योगदान रकमका आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ। 

घर सापटी ७५ लाख 
घर सापटी सुविधाअन्तर्गत योगदानकर्तालाई ७५ लाख अथवा १५ वर्षको पारिश्रमिक बराबर सापटी दिने व्यवस्था गरिएको छ। त्यस्तै विवाहका लागि ५ लाखसम्म सापटी दिने व्यवस्था गरिएको छ। योगदानकर्ताले घर सापटी सुविधाअन्तर्गत घर निर्माण गर्न, खरिद गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न रकम पाउँनेछन् । घर मर्मतका लागि समेत उक्त रकम पाउने व्यवस्था गरिएको छ। 

सामाजिक कार्य सापटी ५ लाख 
त्यस्तै लगानी कार्यविधि २०७७ ले ‘सामाजिक कार्य सापटी’ शीर्षक अन्तर्गत योगदानकर्ताहरुलाई ५ लाखसम्म सापटी दिने व्यवस्था गरेको छ । यो शीर्षक अन्तर्गतको सापटी योगदानकर्ताले एकाघरको विवाहका लागि समेत लिन पाउने भएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

उच्च शिक्षा अध्ययनका लागि ३५ लाखसम्म सापटी 
त्यस्तै योगदानकर्ताले स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययनका लागि ३५ लाखसम्म सापटी लिन पाउने व्यवस्था गरिएको छ। योगदानकर्ता आफैँ वा निजको पति, पत्नी, छोरा, छोरीका लागि सो सापटी लिन सक्छन्।  सापटी सुविधाका लागि कोषमा कम्तिमा ३ वर्ष योगदान गरेको हुनुपर्नेछ । यसमा थप शर्तहरु पनि लागू हुने छन्। 

कोषले योगदानकर्ताको खातामा जम्मा भएको ३१ प्रतिशत रकममध्ये २८ दशमलव ३३ प्रतिशतभित्रबाटै उपदानका लागि छुट्याएर त्यसकै आधारमा सापटी उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो। सापटी पाउने व्यवस्था कार्यान्वयनका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्याविधिसमेत संसोधन गर्नुपर्ने कोषले जनाएको छ । कार्यविधि संसोधनका लागि प्रकृया अन्तिम चरणमा पुगेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले नेपाल लाईभलाई जानकारी दिए। 

कार्यविधिमा विद्यमान व्यवस्थाअनुसार वृद्धअवस्था योजनाअन्तर्गत हाल योगदानकर्ताको कुल योगदान रकमको २८ दशमलव ३३ प्रतिशत कट्टि गरिँदै आएको छ । यसैलाई बाँडफाँड गरी करिब १० प्रतिशत रकम अवकाश (उपदान) योजनाअन्तर्गत राखि र बाँकी १८ प्रतिशत रकमबाट पेन्सन सुविधा उपलब्ध गराइने गरी व्यवस्था मिलाइने गरी प्रस्ताव गरिएको छ । प्रस्तावित मस्यौदाले अन्तिम रुप भने लिएको छैन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सामाजिक सुरक्षा कोषको रकम परिचालनमा प्रभावकारिताका लागि अघि सारिएको कार्यविधिले लगानीका लागि समेत बाटो खुलाएको छ। कोषमा जम्मा भएको रकम अब सरकारी ऋण पत्र, मुद्धती निक्षेप, शेयर, डिवेन्चर, म्युचुअल फण्ड तथा स्थिर सम्पतिमा लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। 

कोषमा हाल १२ हजार ९ सय ३५ रोजगारदाता तथा १ लाख ८० हजार ५ सय ३१ श्रमिक सूचीकृत छन् । योगदानकर्ताको ३ अर्ब २० करोडभन्दा बढी रकम कोषमा संकलन भइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्