• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको जवाफ : केही प्रष्टोक्ति, केही स्मरण, केही चेतावनी 

64x64
किशोर दहाल शनिबार, मंसिर १३, २०७७  १९:०६
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा ओलीले आफ्नो लिखित जवाफ पेश गरेका छन्। गत मंसिर ३ गतेको सचिवालय बैठकमा उनले आफ्नो जवाफका लागि १० दिनको समय मागेका थिए। सोही अनुसार उनले जवाफ पेश गरेका हुन्। सदस्यहरुलाई खामबन्दीमा वितरण गरिएको भनिएको सो जवाफ केही बेरमै सार्वजनिक भएको थियो।

ओलीको जवाफ मुलतः प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठको प्रस्तावमा उल्लेखित कतिपय आरोपको प्रतिवाद गर्न, कतिपय आरोपलाई खारेज गर्न वा औचित्यहीन तुल्याउन, कतिपय आरोपमा प्रष्ट पार्नमा केन्द्रित छ। संयोग नै हो वा सुविचारित, १९ पृष्ठको आरोपलाई त्यसको दोब्बर अर्थात् ३८ पृष्ठको जवाफ फर्काइएको छ।

ओलीको जवाफमा प्रयोग गरिएको भाषा सालिन छ। उनले कुनै सस्ता गालीगलौजका शब्द प्रयोग गरेका छैनन्। कहीँ सिधै र कहीँ सांकेतिक वाक्यहरुले आफ्नो तर्कलाई बलियो बनाएका छन्। नरम भाषामा कडा सन्देश प्रवाह गरेका छन्।

ओलीको समग्र जवाफमा तीन किसिमका शैली छन्- प्रष्टोक्ति, स्मरण र चेतावनी।

प्रष्टोक्ति
ओलीले आफ्नो जवाफमा प्रचण्डको प्रस्ताव विधि र विधान सम्मत नभएको स्पष्ट पार्न केही बुँदा खर्चिएका छन्। उनले प्रचण्डको ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो भएको बताएका छन्। ‘यो प्रथम दृष्टिमै खारेजयोग्य छ’, ओलीले भनेका छन्। उनले प्रस्तावमार्फत पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको बताएका छन्। 

प्रचण्डले प्रस्तावमा लगाएका फरकफरक आरोपलाई उनले व्याख्या, विश्लेषण र तथ्यसहित जवाफ दिएका छन्।

कार्यकारी अध्यक्षका विषयमा दुई अध्यक्षबीच देखापरेको फरक बुझाइलाई ओलीले प्रष्ट्याउने प्रयास गरेका छन्। उनले प्रचण्डले चित्त दुखाउनुपर्ने कारण नभएको बताएका छन्। ‘के त्यस (मंसिर ४ को) बैठकले मलाई अध्यक्ष पदबाटै निलम्बन या बर्खास्त गरेको थियो र? के सचिवालयले विधान संशोधन गरेर पार्टीमा एकजना सेरेमोनियल अध्यक्ष, अर्को एक्जेक्युटिभ अध्यक्ष हुने व्यवस्था गरेको थियो र?’, उनको प्रश्न छ।

उनले सरकार र पार्टीबीचको सम्बन्धको खुला छलफलको माग गरेका छन्। साथै, प्रधानमन्त्रीको स्वायत्तताको विषयमा पनि प्रश्नहरु उठाएका छन्। ‘यथार्थ यही हो, दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री भनिए पनि मैले संयुक्त सरकारको प्रधानमन्त्रीभन्दा पनि बढी असहजताका बीच काम गर्नु परिरहेको छ’, उनले भनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनमाथि लगाइएको पूर्वमाओवादी पंक्तिभित्र खेल्न खोजेको आरोपलाई चलाखीपूर्ण ढंगले प्रतिवाद गरेका छन्। उनले आफ्नो  आँखा अगाडि सिङ्गो नेकपा रहेको र आफ्ना निम्ति नेकपाका सबै कमरेडहरु बराबर भएको उल्लेख गरेका छन्।

ओलीले त्याग गर्नुपर्छ भन्ने प्रचण्डको अपेक्षालाई पनि उनले रोचक जवाफ दिएका छन्। ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु! के तपाईं तयार हो?’, उनको प्रश्न छ।

प्रचण्डको प्रस्तावमा लगाइएका ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’, ‘चरम असहिष्णु’, ‘बहुमतको निर्णय मान्दिनँ’ भन्ने दम्भी, ‘वुर्जुवा अराजकतावादी’, ‘सामन्ती निरङ्कुश’, ‘भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको’ तथा संघीयता विरोधी जस्ता आरोपको पनि सिलसिलेवार जवाफ दिएका छन्। उनले ती आरोपहरुलाई अजनीतिक र एकमुष्ट खारेज गर्ने बताएका छन्।

ओलीले भारतीय गुप्तचर संस्था रअ प्रमुखसँगको भेटलाई पनि स्वभाविक भेटको रुपमा अर्थ्याउन खोजेका छन्। र प्रतिवाद गरेका छन्- ‘मलाई निकै दुःख लाग्छ ती साथीहरुको आरोप सुन्दा, जसको विदेशी गुप्तचर पदाधिकारीहरुसँगको अपारदर्शी भेट र सम्बन्धमा एकखालको लत नै बसेको छ।‘

संघीयताको बारेमा पनि आफ्नो आफ्नो भनाइ गलत रुपमा रिपोर्टिङ भएको उनको दाबी छ।

स्मरण
ओलीले आफ्नो प्रस्तावमा प्रचण्डसँग जोडिएका कैयौं घटनाक्रमको स्मरण गरेका छन्। पहिलो संविधानसभादेखिका पार्टी एकता र त्यसभन्दा पनि पछिका घटनालाई सन्दर्भमा लिएर उनले प्रचण्डको चरित्र चित्रण गर्न खोजेका छन्। उनको मुख्य ध्येय भने प्रचण्डको स्वभावलाई अस्थिर र स्वर्थप्रेरित पुष्टि गर्नु रहेको देखिन्छ।

‘(पहिलो संविधानसभाको)निर्वाचन– सफलताको उन्मादमा तपाईंले पहिले गिरिजाप्रसाद कोइरालालाई र पछि माधवकुमार नेपाललाई अन्तिम अवस्थामा धोखा दिनुभयो। उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनेट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला। कसको इशारामा र योजनामा भएका थिए यी सबै दाउपेच?’, उनको प्रश्न छ।

‘सहमतिका आधारमा संविधान बनाउन २०६९ साल जेठ २ गते गरिएको सहमति किन भंग भयो, संविधानसभालाई निरन्तरता दिन अन्य दलले गरेको आग्रहलाई तपाईंले (प्रचण्डले) कसरी लत्याउनुभयो र मुलुकलाई जनप्रतिनिधिविहीन शून्यतामा पुर्‍याउनु भयो, इतिहासले यति सजिलै भुल्ने छैन।’

ओलीले संविधान निर्माण र यसप्रतिको प्रचण्डको ‘निष्ठा’ उनले दाबी गरे जस्तो ‘निष्ठा’ होइन, परिवर्तित शक्ति सन्तुलनले निर्माण गरेको बाध्यात्मक परिस्थितिको उपज भएको स्मरण गराएका छन्। ‘त्यसै पनि, यस संविधानको पूर्ण कार्यान्वयनमार्फत् अपेक्षित परिणाम निकाल्नेमा होइन, तपाईंको रुचि आज पनि संशोधनको नाममा निरन्तर प्रयोग एवं परिक्षण र विभिन्न बहानामा अन्ततः अस्थिरतामै रम्ने छ भन्ने कुरा धेरै तथ्यहरुले पुष्टि गर्छन्’, उनको भनाइ छ।

ओलीले आफू नेतृत्वको पहिलो सरकार विघटन गर्न प्रचण्डले खेलेको भूमिकालाई जोड्दै उनको नैतिकतामाथि प्रश्न उठाएका छन्।

‘अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनु पर्ने ठाउँमा तपाईंलाई पुर्‍यायो। तपाईंका अगाडि एउटा गम्भीर प्रश्न उभियो, नेपाली कांग्रेससँगको गठबन्धनमा गाँसिदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक संभावनाको खोजी गर्ने। ठिक यही बिन्दुमा हो, दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने निष्कर्षमा हामी पुगेको। मैले कहिल्यै पनि तपाईंलाई सोधेको छैन– कमरेड, आफै सम्मिलित गठबन्धनको मुख्य पार्टीलाई थाहै नदिई, एक किसिमले छापामार शैलीमा, विपक्षी पार्टीसँग चुनावी तालमेल गर्दा भोलि उठ्न सक्ने नैतिकताका प्रश्नले तपाईंलाई अलिकति पनि छोएन?’, ओलीको भनाइ छ।

यस खण्डमार्फत ओलीले वाम एकतालाई प्रचण्डले विलय हुनबाट बच्नको लागि रोजेको बाध्यात्मक अवस्था थियो भन्ने स्मरण गराएका छन्।

ओलीले पछिल्लो चुनावपछि पनि प्रचण्डले सरकार गठनमा अवरोध ल्याएको बताएका छन्। ‘चुनावबाट तेस्रो पार्टीका रुपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि तपार्इंभित्र सुषुप्त रुपमा लुकेको सत्तालिप्सा?’, उनको प्रश्न छ।

विदेशी भूमिका गएर आलोपालोको सहमतिको खुलासा गरेकोमा पनि ओलीले विशेष ख्याल गरेका छन्। ‘यसबाट राष्ट्रिय स्वाधिनता, हित र स्थायीत्वमाथि गम्भिर प्रतिकूल असर पर्दैन? त्यही कुरा अभिव्यक्त गर्नु थियो भनेपनि त्यस भन्दा अघि वा पछि समय उपलब्ध हुन सक्दैन थियो र? विदेशी भूमिमा गएर राजनीतिक अस्थिरताको सन्देश दिनु पर्ने खण्डखातिर किन पर्‍यो, मैले आजसम्म पनि तपाईंलाई सोधेको छैन। तर के त्यसको कुनै गम्भीर अर्थ थिएन र?’, ओलीको प्रश्न छ।

प्रचण्डले लगाएको व्यक्तिवादी, गुटवादी  र एकाधिकारवादी आरोपको जवाफमा ओलीलाई आफैंलाई आत्मसमीक्षा गर्न सुझाएका छन्। ‘जुन व्यक्तिको ३० वर्षे नेतृत्वकालमा सहयोद्धा साथीहरु अत्यन्त पीडाका साथ पार्टी छाड्न विवश भएका छन्, जसमध्ये कतिको दुखद मृत्यु समेत भएको छ, जसको नेतृत्वकालमा पार्टी पटक–पटक विभाजित भएर चिराचिरा भएको छ, जहाँ तजबिजका भरमा कुनै बेला कमिटी दुई अंकमा झर्छ अनि तुरुन्तै  ४ हजार सदस्यीय बन्छ, कमरेडले मलाई यस्तो आरोप लगाउन अलिकति अप्ठ्यारो मान्नु पर्ने हो’, ओलीको जवाफमा उल्लेख छ।

चेतावनी
ओलीले आफ्नो जवाफमा प्रतिवादसहित कैयौं ठाउँमा चुनौती र चेतावनी दिएका छन्। मुख्यतः उनले आरोप पुष्टि गर्न चेतावनी दिएका छन्। ‘तपार्इंलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कारबाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्’, ओलीले भनेका छन्।

आफूसँग बहुमत रहेको आकलनका साथ प्रचण्डले गरिरहेको वकालतलाई पनि उनले महाधिवेशनमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन्। प्रचण्डलाई उनको भनाइ छ- ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ। बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो? ठिकै छ, यो विधि अवलम्बन गर्ने हो भने पनि पहिले एकताको आधार फेरौं, अनि विधान संशोधन गरौं। मैले त पार्टीका हुन् कि राज्यका, हरेक जिम्मेवारी प्रतिस्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ। महाधिवेशनबाट विचार, सङ्गठन संरचना र नेतृत्व खुल्ला प्रतिष्पर्धाका आधारमा चयन गर्न तपाईं तयार हो? म त तयारै छु।‘

ओलीले प्रचण्डप्रति संकेत गर्दै उनको जीवनशैलीमाथि उठ्ने गरेको प्रश्नलाई पनि आफ्नो दस्तावेजमा स्थान दिएका छन्। ‘नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ। म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला। तर दुनियाँको मुख थुन्न सकिन्छ र? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु। तपाईं यसमा तयार हुनुहुन्छ?’, उनको चुनौती छ।

शान्ति प्रक्रियाको विषयमा प्रचण्डले लगाएको आरोपलाई ओलीले सहज शब्दमा कडा चेतावनी दिएका छन्। ‘यो ज्यादै संवेदनशील विषय हो। नेपालको प्रतिवद्धता र विश्वसनीयता जोडिएको, पीडितहरुको संवेदना जोडिएको र विश्व समुदायको पनि चासो र सरोकार रहेको। तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो? तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस्। खेलबाड गर्ने गल्ती नगर्नुस्’, ओलीको जवाफमा उल्लेख छ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्