काठमाडौं- एनएमबी बैंकले बुटवलको देवीनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकको यो १७३ औं शाखा हो। हालको परिवेश र सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दूरी र सुरक्षाका सम्भव उपायहरू अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी र बैंकको केन्द्रिय कार्यालयबाट उद्घाटन भएको हो। उद्घाटन कार्यक्रममा भर्चुअल माध्यमबाट व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति थियो।
बैंकको लुम्बिनी प्रदेशमा जम्मा २८ शाखाहरू पुगेका छन् र आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम बैंकले जारी राख्ने बताइएको छ। सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखाले देशैभरी सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउने विश्वास गरिएको छ।
एनएमबी बैंकले १७३ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै १०,४१६ क्यूआर र ४३४ भन्दा बढी पोस मेसिनमार्फत् उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।