काठमाडौं- एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरी ग्राहकलाई सेवा दिन थालेको छ। कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै सेन्टर स्थापना गरी सेवा प्रवाह पनि सुरु गरिएको एनसेलले जानकारी दिएको छ।
ब्रान्डको स्लोगन ‘आज, भोलि, सधैं सँगै’अनुरुप आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यले एनसेल सेन्टर संचालनमा ल्याएको बताएको छ। सेन्टरले ग्राहकलाई एनसेलका सेवा तथा सुविधाहरुका बारे जानकारी दिने, सिम बिक्री, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्छन्।
यसैगरी, फोरजीमा सिम अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सियुजी नम्बरको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्।
आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्धता अनुरुप, यस नयाँ सेन्टरले विदेशबाट आउने यात्रु तथा ग्राहकलाई थप मूल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ। आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजेसम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ।
आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३२ वटा एनसेल सेन्टर संचालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।