मुम्बई- बलिवुड अभिनेत्री कंगना रनावत तत्काल पक्राउ हुनवाट जाेगिएकी छन्। बम्बई उच्च अदालतले उनलाई तत्काल पक्राउ नगर्न आदेश गरेको हो।
अदालतले कंगनासँगै उनकी बहिनी रंगाेलीलाई पनि तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ। पिटिआईका अनुसार उनीहरुलाई २०२१ जनवरी ८ मा बम्बई प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको छ। तसर्थ उनी सो मितिसम्म पक्राउ पर्नबाट बचेकी हुन्।
मुम्बई प्रहरीले आफूविरुद्व दायर भएकाे रिट खारेज हुनुपर्ने जिकिर गर्दै उच्च अदालतमा निवेदन दिएको थियो। रनावत दिदीबहिनीमाथि सामाजिक सञ्जालमा घृणा फैलाएकाे आराेपमा मुम्बई प्रहरीले रिट दायर गरेको थियो।
उनीहरुले सामाजिक सञ्जालमा गरेकाे पाेस्टले साम्प्रदायिकता भड्काउने जिकिर गर्दै बान्द्रा मजिस्ट्रेटको आदेशमा मुम्बई प्रहरीले रिट दायर गरेको थियो।
प्रहरीले सूचना जारी गर्दै बयान दिन उपस्थित हुन भनेकाे थियाे। तर कंगनाले यसलाई चुनाैती दिँदै बम्बई हाईकाेर्टको ढाेका ढक्ढक्याएकी थिइन्। अदालतबाट तत्काल पक्राउ नगर्न आदेश आएपछि उनलाई राहत भएकाे हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।