काठमाडौं- कोभिड- १९ को कारणले गर्दा सेञ्चुरी बैंकले अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ। बैंकको सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट अनलाइनबाटै खोल्न सकिने भएको हो।
ग्राहकहरुले घरमै बसेर शुल्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतका दरले त्रैमाशिक रुपमा व्याज प्राप्त गर्न सक्ने छन्। बचत खातामा उच्च प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने छ। बैंकले बचत खाताहरुमा प्रवर्द्धनको निम्ति बढि ब्याजदर दिएको हो।
सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरि सेञ्चुरी-पेमार्फत् वालेटको कारोबार समेत गर्न सकिनेछ। यस नयाँ सेवामार्फत ग्राहकहरुले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार रुपैयाँ बराबर क्यास लेस कारोबार गर्न सक्नेछन्। उक्त खातामा वार्षिक एक लाखसम्म कारोबार गर्न सकिनेछ।
सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाताखोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सक्नेछन्। उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार समेत गर्न सकिनेछ। विशेष गरि विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी बैंकले यो खाता सञ्चालनमा ल्याएको हो। उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा इमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।