काठमाडौं- नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठका अवसरमा नेपाल–चाइना मिडिया फोरमले ‘युनान : साङ्ग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
नोभेम्बर २० देखि २६ तारिखसम्म हुने कार्यक्रमको शुक्रबार राष्ट्रियसभाका अध्यक्ष र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको उपस्थितिमा उद्घाटन गरिने कार्यक्रम छ।
कार्यक्रममा महत्वपूर्ण तस्बिर, हस्तकला, साङ्ग्रिलाका आकर्षक विशेषता झल्काउने सामग्री आदिको प्रदर्शन गरिने मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।
चीन सरकारको सूचना कार्यालय र चिनियाँ कम्युनिस्ट पार्टीको युनान प्रान्तका प्रचार विभागको सहयोगमा हुने कार्यक्रमको उद्घाटनमा चिनियाँ कम्युनिस्ट पार्टीका युनान प्रान्तका सदस्य च्वाओ छिनले पनि मन्तव्य दिनेछन्।
अध्यक्ष श्रेष्ठले कार्यक्रमले दुवै देशको आपसी सम्बन्ध तथा रणनीतिक साझेदारीका लागि योगदान गर्ने अपेक्षा व्यक्त गरे। मध्यएसियामा अवस्थित युनान हिमाल नेपालको नजिकै पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।