काठमाडौं– दरबारमार्गको एक पसलले खुलेआम रुपमा प्राचीन मूर्तिका साथै बहुमूल्य प्राचीन वस्तुहरुको अवैध कारोबार गर्दै आएको खुलेको छ।
प्रहरीले क्युरियो आर्ट नामक पसलबाट ९ सय वर्ष पुराना मूर्तिहरु बरामद गरी तीन सञ्चालकलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पसलका सञ्चालकहरु दीपकरत्न शाक्य, सुगतरत्न शाक्य र शिशिर शाक्यलाई पक्राउ गरेको हो। उनीहरुको पसलबाट १२ र १३औं शताब्दीमा निर्मित १३ वटा प्राचीन मूर्ति बरामद गरिएको सिआइबीले जनाएको छ।
सिआइबीका अधिकारीका अनुसार पुरातत्व विभागलाई समेत प्रभावमा पारेर उनीहरुले कारोबारको अनुमति लिएका थिए। एक सय वर्षभन्दा पुरानो मूर्तिको कारोबारमा प्रतिबन्ध भए पनि उनीहरुले नयाँलाई पुरानो तथा पुरानोलाई नयाँ बनाएर यस्तो कारोबार गर्दै आएको अनुसन्धानमा खुलेको छ।
उनीहरुले प्राचीन मूर्तिहरु अमेरिकाको संग्रहालयमा समेत बेचेका थिए।
पक्राउ परेका उनीहरुको परिवार ७० वर्षदेखि यही पेशामा आबद्ध रहँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।