काठमाडौं- एनएमबी बैंकले सामाजिक सञ्जाल भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने व्यवस्था मिलाएको छ। फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भइसकेपछि बैंकले अबदेखि घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एपमार्फत् पनि खाता, मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ।
ग्राहकहरुले २४ सै घण्टा सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त गर्ने छन्। डिपोजिट पनि तुरून्तै हुनेछ। बचत खाता एनएमबिको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रुपैयाँसम्म हुने व्यवस्था गरिएको छ।
ग्राहकहरुले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेषा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।