काठमाडौं- ग्लोबल आइएमई बैंकले बिहीबारदेखि तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा सञ्चालनमा आए सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पुहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा एक्सटेन्सन काउण्टर तथा शाखरहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
ग्लोबल आइएमई बैंकले ७२ वटा जिल्लामा फैलिएको २६३ शाखा सञ्जाल सहित २३८ एटिएम ४५ एक्स्टेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर २३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना २१ भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।