काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा आफ्नो पक्षका नेताहरुलाई पदाधिकारी चयन गरेपछि रुष्ट बनेको रामचन्द्र पौडेल पक्षका केही नेताले छुट्टै बैठक गरेका छन्।
चुनावी समीक्षाका लागि बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा देउवा विरुद्ध कडा रुपमा प्रस्तुत भएका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा नेता सिंह, पौडेल, नवीन्द्रराज जोशी र अर्जुननरसिंह केसीको बैठक केहीबेर अघि सुरु भएको छ।
गत महाधिवेशनमा देउवा पक्षबाट चुनावी प्रतिस्पर्धा गरेका केसीले पछिल्लो समय देउवाप्रति कडा अभिव्यक्ति दिँदै आएका छन्।
देउवाले पेल्दै गएकाले आगामी दिनमा त्यसको प्रतिवाद कसरी गर्ने भन्ने रणनीति तय गर्न बैठक बसेको हुनसक्ने पौडेल पक्षका एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।