काठमाडौँ-सरकारले कोरोना संक्रमित कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो।
कोरोना संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। श्वासप्रश्वारसमा समस्या देखिएपछि उनलाई सुरुमा वीर अस्पताल भर्ना गरिएको थियो। कात्तिक ८ गते वीर अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण देखिएपछि कात्तिक १२ गते ग्रान्डी अस्पताल भर्ना गरिएको थियो।
हाल उनको स्वास्थ्यमा सुधार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।