काठमाडौं–मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालका लागि उत्कृष्ट ५० जनाको छनोट गरेको छ।
५०० भन्दा बढी आवेदकबाट छानिएका ९७ क्वालिफायरहरुले अपलोड गरेको बायो, फोटो र भिडियोका आधारमा उत्कृष्ट ५० को छनोट गरिएको हो। जसको घोषणा गत कात्तिक २८ गते एपी वान र युट्युबाट भएको लाइभ कार्यक्रमबाट नग्मा श्रेष्ठ र सुभेक्षा खड्काले गरेका थिए।
मिस यूनिभर्स नेपालका विजेताले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछिन् । यो नेपाली सौन्दर्य प्रतियोगितामध्यकै सर्वाधिक धनराशी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।