काठमाडौं–संसदीय सुनुवाइ समितिले न्याय परिषद सदस्य सिफारिस भएका रामप्रसाद श्रेष्ठबारे सार्वजनिक उजुरी गर्न आव्हान गरेको छ।
समितिले बुधबार सूचना जारी गर्दै श्रेष्ठका बारेमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा प्रमाणसहित मंसिर ७ गतेसम्म उजुरी पठाउन भनेको हो।
उजुरीकर्ताले सोझै समितिमा आएर पनि उजुरी गर्न सक्नेछन्। न्याय परिषद सदस्यका लागि नेपाल बार एशोसियसनले नेकपानिकट श्रेष्ठको नाम सिफारिस गरेको थियो। समितिले सुनुवाइका लागि कात्तिक २४ गते पत्र पाएको थियो। उक्त पत्र अनुसार सुनुवाइका लागि समितिले उजुरी माग गरेको हो।
परिषदमा प्रधानन्यायाधीश अध्यक्ष, वरिष्ठ न्यायाधीश, कानुनमन्त्री, प्रधानमन्त्रीको सिफारिसको एक जना र बारको सिफारिसमा एक सदस्य हुने कानुनी व्यवस्था छ । परिषदले न्यायाधीशको नियुक्ति, सिफारिस र छानविनसम्वन्धी काम गर्ने गर्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।