एजेन्सी–बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने कारहरुको बिक्री बन्द हुने भएको छ।
बिबिसीका अनुसार जलवायु परिर्वतनको सामना गर्न र परमाणु ऊर्जाजस्ता उद्योगमा नयाँ रोजगारी सिर्जना गर्ने योजनाअनुसार बेलायत सरकारले यो निर्णय गरेको हो। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो योजनालाई ‘हरित औद्योगिक क्रान्ति’ भनेका छन्। यसको औपचारिक घोषणा बुधबार गरिँदैछ।
सरकारको उक्त निर्णयको वातावरणवादीहरुले स्वागत गरेका छन्। डिजेल तथा पेट्रोल कारको बिक्री बन्द गर्ने योजना जलवायु परिर्वतनसँग लड्नका लागि एक ऐतिहासिक मोड हुने उनीहरुको दावी छ। बेलायत सरकारका अनुसार यो योजनाले सन् २०५० सम्म देशको कार्बन उत्सर्जन समाप्तिको लक्ष्य हासिल गर्न मद्दत मिल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।