दार्चुला- दार्चुला जिल्लामा पर्ने छाङ्गरुमा हिमपात भएको छ। व्यास गाउँपालिकास्थित क्षेत्रमा हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर भएको छ।
गाउँमा हिमपात हुन थालेपछि छाङ्गरु र तिंकरका स्थानीहरू दार्चुला सदरमुकाम खलंगामा बसाइ सर्ने योजना बनाउन थालेका छन्। हिमपातपछि जनजीवन कष्टकर बन्ने भएकाले त्यहाँका स्थानीयहरू ६ महिनाभन्दा लामो समय सदरमुकाम खलङ्गामा बस्ने गरेका छन्।
छांगरुबाट दार्चुला सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था छ। त्यहाँ सरकारले पूर्वधार पुर्याउन जोड दिएको छैन। गत वर्ष नेपाली क्षेत्र हुँदै भारतले चीन जाने मोटरबाटो उद्घाटन गरेपछि सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ।
छांगरुपारी लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका क्षेत्र नेपाल नै भएपनि भारतले अतिक्रमण गरेपछि छांगरु नेपालको अन्तिम बस्ती मान्न थालिएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।