काठमाडौं–काठमाडौं उपत्यकामा तापक्रम ओरालो लाग्ने क्रम सुरु भएको छ। मंगलबार बिहानको न्यूनतम तापक्रम ६.४ डिग्री सेन्टिग्रेड मापन गरिएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिन अझै चिसो हुन सक्ने छ। सोमवार बिहान उपत्यकामा ८.६ डिग्री सेन्टिग्रेड माापन गरिएको थियो।
सोमबार दिनभर घाम नलागेको र हिमाली भेगमा हिमपात भए पनि आज भने केही स्थानमा मौसम बदलीको सम्भावना रहेको छ। अहिले नै पानी पर्ने र हिमपात हुने सम्भावना कम रहेको विभागले जनाएको छ।
काठमाडौंलगायत देशैभर मौसम बदली भएर केही स्थानमा हिमपात हुँदा निकै चिसो महसुस भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।