काठमाडौं–कपनस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छ्न्। बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा आगलागी हुँदा उनको घरमा डेरा गरी बस्ने नुवाकोट शिवपुरी ५ घर भएका कृष्णबहादुर तामाङको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बस्नेतको घरमा डेरा गरी बस्ने तामाङको कोठामा विद्युत सर्ट भई आगलागी हो।
आगलागीमा तामाङकी बहिनी बिपना तामाङ र उनका छोरा कृष्ण घाइते भएका छ्न। उनीहरूलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको एसएसपी ज्ञवालीले बताए।
बिपना ११ महिने छोरो लिएर तिहार मनाउन दाजुकोमा आएकी थिइन्। आगो राति करिब २ बजे नियन्त्रणमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।