• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा विवाद : पूर्वमाओवादी नेता फकाउने प्रयासमा ओली, सामाजिक सञ्जालमा देखिँदैछ ध्रुवीकरण

64x64
नेपाल लाइभ सोमबार, मंसिर १, २०७७  १०:०५
1140x725

काठमाडौं- नेकपा विवाद पार्टी  विवाद र गुटको तानातान अहिले सामाजिक सञ्जालमा देखिन थालेको छ। पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको सर्मथनमा नेताहरू सामाजिक सञ्जालमा उत्रेका हुन्। यसले पार्टीभित्रको गुट  र विवाद छरपस्ट रुपमा सामाजिक सञ्जालमा सार्वजनिक भएका हुन्।  

पार्टीभित्रको छलफलमा सीमित रहँदै आएको विवादमा पछिल्लो पटक बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको राजनीतिक प्रतिवेदनमा अर्का अध्यक्ष पुष्पकमल दाहालले अलग्गै प्रतिवेदन पेश गरेपछि विवाद झन् जटिल बन्दै गएको छ।

अध्यक्ष दाहालले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताएका थिए। ओली‚ गुटको नेता भएको, भ्रष्टाचारको संरक्षक भएको र रअ प्रमुखसँगको भेटले नेपालको सार्वभौमिकतामा असर पारेको आरोप दाहालले ओलीलाई लगाएका छन्। सधैं अध्यक्षद्वयको एकल राजनीतिक  प्रतिवेदन पेश हुनेमा यस पटक ओेलीको कडा आलोचना गर्दै अलग पेश गरेपछि ओलीपक्षका नेताहरू आलोचनामा उत्रिएका छन्। तर प्रचण्ड-नेपाल पक्ष भने उनको आलोचनको सर्मथनमा उत्रिएका छन्। 

कसले के लेखे 
पार्टीका दुई अध्यक्षबीच लिखितरुपमै आरोप–प्रत्यारोप र सवाल–जवाफ भएपछि नेकपाको आन्तरिक राजनीतिमा झन्‌झन् ध्रुवीकरण देखिएको छ। 
सचिवालयको अर्को बैठक मंसिर ३ मा बोलाइएको छ। त्यसअगाडि दुवै पक्ष आ–आफ्नो रणनीति निर्माणमा जुटेका छन्। सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाट समेत बहुमतका आधारमा भए पनि प्रस्ताव पास गर्ने रणनीतिमा दाहाल–नेपाल समूह जुटेका छन् भने ओली समूह यो पटक पनि विगतझैं आफू सफल हुने रणनीतिमा रहेका छन्। 

दाहाल–नेपाल समूहको रणनीति असफल पार्न प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीसहित पूर्वएमाले नेताहरूसँग तीव्र रूपमा छलफल अघि बढाइरहेका छन्। त्यही छलफल अन्तर्गत राष्ट्रपति भेटेको भोलिपल्ट ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालवाटार बोलाएर  सरकारमा लैजान भन्दै फकाउन खोजेका थिए।

बैठकमा गौतमले प्रस्ताव  स्वीकार नगरेपनि ओलीले सरकारमा आउन र सहयोग गर्न भने तान्न खोजेका थिए।  

नेकपाको सचिवालय दुई पक्षमा विभाजित छ। प्रधानमन्त्री ओलीतिर  ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ देखिएका छन् भने अर्कोतिर अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्। 

उपाध्यक्ष गौतमले प्रधानमन्त्रीसँगको भेटमा ‘प्रचण्डको जवाफी प्रस्तावलाई उनको  मात्रै भनेर नबुझौं। त्यो पाँच नेताको सामूहिक छलफलबाट टुंगो लागेको हो’ भन्ने अभिव्यक्ति दिएपछि ओली र दाहालका बीचमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।  

Ncell 2
Ncell 2

गत असारमा नेकपामा उत्पन्न शक्ति संघर्षमा ६ बुँदे प्रस्ताव अगाडि सारेर गौतमले मध्यमार्गी धार लिएका थिए, जसका कारण सचिवालयमा बहुमत–अल्पमतको खेल भएन र प्रधानमन्त्री ओलीलाई ठूलो राहत मिलेको थियो। तर यस पटक उनले स्पष्ट रुपमा ओलीलाई साथ नदिने र मध्यधारामा नलाग्ने संकेत बालुवाटारलाई दिएका छन्। 

सामाजिक सञ्जालमा पार्टी झगडा
दाहालको अगग्गै प्रतिवेदनपछि अहिले नेकपा नेताहरुको बचाउ गर्ने र आलोचना गर्ने थलो सामाजिक सञ्जाल भएको छ। ओली, प्रचण्ड-नेपाल निकट नेताहरु एक अर्काको बारेमा बचाउ र आलोचना गरिरहेका छन्।  

ओलीनिकट सचिवालय सदस्य ईश्वर पोखरेलले पनि नेकपाभित्रको विवादमा आफ्नो धारणा राख्दै दाहाललाई प्रस्ताव फिर्ता लिन आग्रह गर्दै फेसबुकमा स्टाटस लेखेका छन्। ‘पार्टी एकतालाई बचाउने हो भने प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनुभएको छ। ‘प्रस्ताव’ का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णयविरूद्ध र पार्टी एकताको भावनाविरूद्ध छन्‚’  सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सहमतिका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यताविपरत ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती ‘प्रस्तावहरू!’ दुराग्रहका साथ प्रस्तुत ती ‘प्रस्तावहरू’ फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्‍याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने? प्रचण्ड कमरेडले मात्र होइन, नेकपाभित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ!’ 

विगतमा  दुवै पक्षलाई मिलाउन दबाब समूहमा रहेका ऊर्जा मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ले पछिल्लो राजनीतिक तनावबारे दाहालको पक्षमा टिप्पणी गरेका छन्।  ‘पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएको छ र पार्टी भनेको जमेको पोखरीजस्तो होइन, हिमालबाट बग्ने तीव्र वेगको नदीजस्तो हो र पार्टीमा हुने छलफल, बहस, अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी  हो‚’ उनले लेखेका छन्‚ ‘क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुन सक्दैन र पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिनाउत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक सँस्कारको विकास गर्न सबै नेताहरुमा हार्दिक अनुरोध गर्दछु।’


पार्टी विवादबारे सामाजिक  सञ्जालमा लेखिरहने लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि ओलीको बचाउ गर्दैै लेखेका छन्। ‘प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावविपरीत सचिवालय बैठकमा प्रथम अध्यक्षविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको छ‚’ उनले लेखेका छन्‚ ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्मअनुरूप छलफल अघि बढाउन हार्दिक अनुरोध गर्छु। व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध छ। अध्यक्षहरू व्यक्तिगत विचार राख्न स्वतन्त्र छन्। तर औपचारिक प्रस्ताव प्रस्तुत गर्दा दुवै अध्यक्षको सहमति हुने व्यवस्था पार्टी विधान र स्थायी समितिको पछिल्लो निर्णयमा समेत उल्लेख छ। गम्भीर विवादका बेला यस्ता विषयमा झनै संवेदनशील बन्नुपर्छ।’ 

नेपालनिकट मानिने केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दाहालको बचाउ गर्दै लेखेका छन्। ओलीसमूहले उठाएको प्रश्नको प्रतिवाद गर्दै उनले ओलीलाई प्रधानमन्त्री र विद्यादेवी भण्डारीलाई राष्ट्रपति कसले बनायो भनी लेखेका छन्। ‘अरु तर्क गर्न सकिएला, प्रचण्डलाई ‘पदलोलुप’ भनेको सुहाउँदैन। कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र?’ उनले  लेखेका छन्‚ ‘अनि ख्याल गरौं– प्रचण्डले साथ नदिएको भए न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री। यति नभइसकेपछि अरु साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुने थिएन। त्यसैले जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई ‘पदलोलुप’को आरोप लगाउँदा लोकले पत्याउला र?’

— Bishnu Rijal (@bishnurijal1) November 14, 2020

यो हुलमा  प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं केन्द्रीय सदस्य सूर्य थापा पनि मिसिए। उनले  दाहालको प्रतिवेदनमाथि कडा टिप्पणी गरेका छन्। ‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो। यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन‚’ थापाले लेखेका छन्‚ ‘पार्टी विधान, परम्परा, अभ्यास र दुवैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो। यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ।’

यसरी पार्टी नेताहरु नै विभिन्न  गुटमा विभाजित भएर सामाजिक सञ्जालमा एक अर्काविरुद्ध आलोचनामा उत्रँदा कार्यकता भने रमिता हेरिरहेका छन्।

देशभरबाट कार्यकर्ताहरुले भने पार्टी एकताको पक्षमा मत जाहेर गरिरहेका छन्। बुधबार मंसिर ३ गते हुने सचिवालय बैठक ओली र नेपाल–दाहाल दुवै पक्षका लागि अहम हुने देखिन्छ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित
इंग्ल्यान्डविरुद्ध खराब सुरुवात, ६ ओभरमा दुई विकेट पतन, दुवै ओपनरलाई गुमायो
नेपाललाई पहिलो झड्का, आशिफको विकेट पतन
सम्बन्धित सामग्री
कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई सोधियो स्पष्टीकरण प्रदेशसभा सदस्य शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा संलग्न भएपछि सांसद पदबाट हटाउन नेकपा अग्रसर भएको हो । आइतबार, माघ २५, २०८२
खेलाडीलाई शुभकामना दिँदै प्रचण्डले भने : हरेक बल, रन र विकेटमा नेपालको साथ छ टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई फेसबुकमार्फत शुभकामना दिँदै उनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान... आइतबार, माघ २५, २०८२
गलोपाका २ समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेस प्रवेश नेपाली कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलाका क्रममा पार्टी सभापति गगनकुमार थापा र सोही क्षेत्रका उम्मेदवार रहेका महामन्त्... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
इंग्ल्यान्डविरुद्ध खराब सुरुवात, ६ ओभरमा दुई विकेट पतन, दुवै ओपनरलाई गुमायो आइतबार, माघ २५, २०८२
नेपाललाई पहिलो झड्का, आशिफको विकेट पतन आइतबार, माघ २५, २०८२
टी–२० विश्वकप इंग्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य आइतबार, माघ २५, २०८२
अर्धशतक प्रहार गरेका जेकब बेथेलको विकेट ऐरीले लिए आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्