काठमाडौं– गतिशिल लोकतान्त्रिक पार्टी (गलोपा)का समानुपातिक दुई जना उम्मेदवारसहित ५ जना नेता कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलाका क्रममा पार्टी सभापति गगनकुमार थापा र सोही क्षेत्रका उम्मेदवार रहेका महामन्त्री प्रदीप पौडेलले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्नेमा काभ्रे २ बाट समानुपातिक उम्मेदवार एवं केन्द्रीय सदस्य डा. अल्का सापकोटा र काठमाडौं २ बाट समानुपातिक उम्मेदवार एवं केन्द्रीय सदस्य नग्मा खरेल छन् ।
यसैगरी, संस्थापक केन्द्रीय सदस्य जगन्नाथ लामिछाने, बुसन केडी प्रसाईं र इन्दिरा खाती सुनार पनि कांग्रेस प्रवेश गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।