• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि

64x64
नेपाल लाइभ शनिबार, माघ २४, २०८२  ०७:३६
1140x725

काठमाडौं– आईसीसी टी–२० विश्वकपको १०औं संस्करण आज (शनिबार)देखि शुरू हुँदैछ।

प्रतियोगिताको पहिलो दिन शनिबार तीन खेल हुने छन्। पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सको सामना गर्नेछ। उक्त खेल श्रीलंकाको कोलम्बोमा बिहान ११:१५ बजे शुरू हुनेछ। पहिलो दिनको दोस्रो खेल वेस्ट इन्डिज र स्कटल्यान्डबीच खेलिने छ। उक्त खेल भारतको कोलकातामा दिउँसो ३ बजे शुरू हुनेछ।

यसैगरी, पहिलो दिनको तेस्रो खेल भारत र अमेरिकाबीच खेलिने छ। भारत र अमेरिकाबीचको खेल १९:१५ बजे मुम्बईको वानखेडे स्टेडियममा हुनेछ।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपका खेलहरू यी दुई राष्ट्रका विभिन्न शहरमा खेलाइने छन्। प्रतियोगिता मार्च ८ तारिखसम्म चल्नेछ। 

सन् २००७ देखि शुरू भएको टी–२० विश्वकपको १०औं संस्करणमा २० टोलीले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान र अमेरिका छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन्।

यसैगरी, समूह ‘सी’ मा नेपाल, इङ्ल्यान्ड, इटाली, स्कटल्यान्ड र वेस्ट इन्डिज छन्। समूह ‘डी’ मा भने अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।

विश्वकपमा इङ्ल्यान्ड, भारत, वेस्ट इन्डिज, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको यो १०औं सहभागिता हुनेछ। आयरल्यान्डले नवौं र अफगानिस्तानले आठौंपटक विश्वकप खेल्न लागेका हुन्। नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाब्वेले भने सातौंपटक विश्वकपमा सहभागिता जनाउन लागेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

टी–२० विश्वकपमा नामिबिया र ओमानको चौथो सहभागिता हुनेछ। नेपाल र यूएईले भने तेस्रोपटक विश्वकप खेल्न लागेका हुन्। यसैगरी, अमेरिका र क्यानडाको टी–२० विश्वकपमा यो दोस्रो सहभागिता हुनेछ। इटालीले भने पहिलोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो।

समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–८’ चरणमा प्रवेश गर्नेछन्। समूहगत चरणको खेल फेब्रुअरी २० तारिखसम्म चल्नेछ।

‘सुपर–८’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ। त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्। ‘सुपर–८’ चरण मार्च १ तारिखसम्म चल्नेछ।

पहिलो सेमिफाइनल खेल मार्च ४ र दोस्रो सेमिफाइनल खेल मार्च ५ मा हुनेछ। सेमिफाइनलमा विजयी दुई टोलीबीच मार्च ८ तारिखमा फाइनल खेल हुनेछ। यो विश्वकपमा कुल ५५ खेल हुने छन्।

टी–२० विश्वकप दुई राष्ट्रले आयोजना गर्न लागेको यो तेस्रोपटक हो।

यसअघि, सन् २०२१ को विश्वकप यूएई र ओमानमा संयुक्त रूपमा आयोजना भएको थियो। सन् २०२४ को टी–२० विश्वकप पनि वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना भएको थियो। हालसम्म ६ वटा राष्ट्रले मात्र टी–२० विश्वकपको उपाधि जित्न सकेका छन्। त्यसमध्ये वेस्ट इन्डिज, इङ्ल्यान्ड र भारतले दुई–दुईपटक विश्वकप जितेका छन्।

भारतले सन् २००७ र सन् २०२४ मा उपाधि जितेको थियो। वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ तथा इङ्ल्यान्डले सन् २०१० र सन् २०२२ मा उपाधि चुमेका थिए। यसैगरी, अस्ट्रेलिया, पाकिस्तान र श्रीलंकाले पनि एक–एकपटक उपाधि कुम्ल्याएका छन्। पाकिस्तानले सन् २००९, श्रीलंकाले सन् २०१४ र अस्ट्रेलियाले सन् २०२१ मा उपाधि जितेका थिए।
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ०७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफलमा प्रधानमन्त्री
अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित मन्त्रीहरु फर्किए
रसुवा बाढीमा मानवीय क्षति १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
सम्बन्धित सामग्री
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित मंगलबार समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो। मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य बाबर हयातको सानदार शतकसँगै हङकङले एसीसी मेन्स प्रिमियर कप २०२६ मा नेपालसामु २६२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। मंगलबार, भदौ २३, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री क्यानका अनुसार बोलपत्र तथा खरिद प्रक्रियामार्फत अधिकारधनी छनोट गरिएको हो। जसअनुसार एनपीएलको विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालि... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफलमा प्रधानमन्त्री बुधबार, भदौ २४, २०८३
अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित मन्त्रीहरु फर्किए बुधबार, भदौ २४, २०८३
रसुवा बाढीमा मानवीय क्षति १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन बुधबार, भदौ २४, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्