काठमाडौं– आइसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित भएको छ ।
पहिले ब्याटिङ गर्दै इंग्लान्डले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा समेटियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । यस्तै लोकेश बमले मात्र २० बलमा अविजित ३९ रन बनाए भने कप्तान रोहित कुमार पौडेलले पनि ३९ रन बनाए । ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाए ।
बलिङमा इग्ल्यान्डका लियम डभनसनले २, श्यामकरण जोफ्रा आर्चर, विल ज्याक्स र ल्यूक वडले एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
इंग्लयान्डका लागि जेकब बेथेलले सर्वाधिक ५५ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ३५ बलमा चार चौका र चार छक्काको मद्दतमा ५५ रन बनाएका हुन् ।
यस्तै कप्तान ह्यारी ब्रुकले चार चौका तीन छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले । विल ज्याक्सले अविजित ३९ रन बनाउँदा जोश बटलरले २६ रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २/२ विकेट लिँदा सन्दीप लामिछाने र शेर मल्लले १/१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।