काठमाडौं– टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध १८५ रनको विशाल लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको छ ।
पहिलो पावर प्ले ६ ओभर सकिँदा दुई विकेट गुमाइसकेको छ । आशिफ शेखपछि कुशल भुर्तेल पनि आउट भएका छन् ।
नेपालले ६ ओभर सकिँदा २ विकेटको क्षतिमा ४७ रन बनाएको छ । यतिबेला क्रिजमा कप्तान रोहित कुमार पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।