काठमाडौं– आईसीसी टी–२० विश्वकपमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
इंग्लयान्डका लागि जेकब बेथेलले सर्वाधिक ५५ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ३५ बलमा चार चौका र चार छक्काको मद्दतमा ५५ रन बनाएका हुन् ।
यस्तै कप्तान ह्यारी ब्रुकले चार चौका तीन छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले । विल ज्याक्सले अविजित ३९ रन बनाउँदा जोश बटलरले २६ रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २/२ विकेट लिँदा सन्दीप लामिछाने र शेर मल्लले १/१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।