काठमाडौं- सनराइज बैंकले बाग्लुङमा शाखा विस्तार गरेको छ। बैंकको १३९औं शाखा बाग्लुङ्ग नगरपालिका वडा नं २ मा संचालनमा आएको हो। बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२औं शाखारहित बैंकिङ्ग सेवा पनि सुरु गरेको छ।
सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का कार्यकारी वडा अध्यक्ष श्री गोपाल थारुको उपस्थिति रहेको थियो। बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्री नरेन्द« कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी संचालनमा ल्याएको हो । उक्त सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ।
नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको संचालनसंगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटिएमहरु संचालन गर्ने योजना रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।