काठमाडौं- अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग तथा कन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्सकून) को व्यवस्थापनमा राष्ट्रिय युवा परिषद्ले देशका स्थानीय तहमा तालिम सञ्चालन गर्ने भएको छ।
युवाहरुमा उद्यमशीलता विकास तालिम प्रदान गर्ने प्रशिक्षकहरुलाई परिषद्ले दश दिवसीय प्रशिक्षण उपलब्ध गराएको छ।
नगरकोटमा सञ्चालित उद्यमशिलता विकास सम्बन्धी दश दिवसीय प्रशिक्षक प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स) तालिम बिहीबार सम्पन्न भइसकेको छ।
यस तालिममा विशेषतस् बेरोजगार युवा जो कुनै न कुनै उद्यम वा व्यावसाय गर्न इच्छुक छन् उनीहरुलाई व्यवसायको छनौट गर्ने¸ यसका लागि स्थानीय स्तरमा संभाव्यताको खोजी गर्ने (जेनेरेट योर बिजनेश) र छनौट भएको व्यवसाय शुरु गर्ने (स्टार्ट योर बिजनेश) सीप सिकाइन्छ। यसको प्रमुख विषय कुनै पनि उद्यम गर्नुपूर्व आवश्यक पर्ने व्यवसायिक योजना (बिजनेश प्लान) बनाउनका लागि दक्ष बनाउनु हो।
यी दुवै विषयवस्तुहरुलाई समेटेर यो तालिम प्याकेजको नाम स्टार्ट एण्ड इम्प्रुभ योर बिजनेश राखिएको छ। विभिन्न तीनवटा समुहमा ६९ जना युवाहरुको सहभागिता रहेको छ।
उद्यमशीलता विकास तालिम स्थानीय तहमा सञ्चालन हुने परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए। तालिम सञ्चालनका लागि नेफ्सकून संग पनि सहकार्य गरिनेछ। निकट भविष्यमा नै देशका ३५ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्ने गरी योजना तय भैसकेको छ।
यसका लागि स्थानीय तहहरुले माग र आवश्यकताको आधारमा युवाहरुको छनौट गर्ने र सात दिवसीय तालिमका लागि आवश्यक व्यवस्थापन सहभागीका लागि (खाना¸ खाजा¸ हल) व्यवस्थापन तथा साउण्ड सिष्टम लगायत व्यवस्थापन गर्ने बताइएको छ।
राष्ट्रिय युवा परिषदले आवश्यक प्राविधिक सहयोग¸ प्रशिक्षकको व्यवस्था र परामर्श सेवा उपलब्ध गराउने गरी सहकार्यको मोडलमा यो तालिम सञ्चालन हुनेछ।
परिषदको आव २०७७/७८ को वार्षिक कार्यक्रममा पनि उद्यमशिलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी ६ सय युवालाई सात दिवसीय तालिम दिने कार्यक्रम रहेको छ। स्थानीय तहमा यो तालिम कार्यक्रम यहि २०७७ मंसीर १५ देखि शुरु हुने परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।